२०८३ साउन ११ गते सोमबार

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
Roop_Jyoti

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ।

साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि लिलामीको प्रक्रिया अघि बढाएको हो। ज्योतिले नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिले लिएको ऋण नतिरेको बैंकले जानकारी दिएको छ।

बैंकले होटल र नेपाल जनरलको स्वामित्वमा रहेको जग्गा लिलामी गर्न लागेको हो। सात दिनभित्र जग्गा लिलाम गर्न बैंकले बोलत्र आब्हान गरेको छ। यस्तै जमानतकर्ता रुप ज्योति, अभिक ज्योति र सुरुची ज्योतिको नाममा रहेको जमानत पनि लिलाम गर्ने बैंकले जनाएको छ।

ज्योतिले लिएको कर्जाको किस्ता (साँवा तथा ब्याज) भुक्तानी सम्बन्धि सर्त कबुलियत उल्लंघन गरेको तथा पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरेकाले लिलामी प्रक्रिया अघि बढाएको दाबी बैंकको छ।

कर्जा असूलीका बैंकले गत वैशाख ३१ गते बिहिबार कर्जा चुक्ता गर्ने ३५ दिने सार्वजनिक तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम त्रिक्री गर्नका लागि सात दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना बमोजिम कर्जा चुक्ता तथा धितो लिलाम बिक्री हुन नसकेपछि गत असार २४ ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न आउने १५ दिनको समय दिएको थियो।

सूचना बमोजिम कर्जा चुक्ता तथा धितो लिलाम बिक्री नभएपछि बैंकले तेस्रो पटक कर्जा असूलीका लागि सुरक्षणको रुपमा रहेका जग्गा गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने जानकारी बैंकले दिएको छ। आउँदो सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ।

बैंकले नर्थ फेस होटलको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता भएको २४ वटा कित्ता जग्गा लिलाम गर्न लागेको छ।

यस्तै नेपाल जनरलको नाममा मालपोत कार्यालय ललितपुरमा दर्ता भएको पाँच कित्ता, मालपोत कार्यालय पर्सामा दर्ता भएको सावकिको चोर्नी गाविसमा रहेको २, ४ र ५ नम्बर कित्ता, मालपोत कार्यालय डिल्लीबजार र कलंकीमा दर्ता भएको सबै जग्गा बिक्रीका लागि बैंकले शिलबन्दी बोलपत्र आब्हान गरेको हो।

रुप ज्योति र पद्म ज्योति दाजुभाईबीच लामो समयदेखि अंश विवाद छ। नेपाल जनरल हिरो होन्डा मोटरसाइकलको अधिकृत बिक्रेता थियो। हिरोको डिलरसीप खोसिएपछि ज्योति संकटमा परेका हुन। हिरो मोटरसाइकल हाल चौधरीको सीजी मोटरले बिक्री गर्दै आएको छ।

 

प्रकाशित: २०८३ साउन ८ गते शुक्रबार ०८:४८
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना