काठमाडौं–संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदबाट सोधिएका बजेटबारेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफ अन्तर्गत चार मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ।
संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्ने कार्यसूची छ।


