२०८३ कार्तिक १३ गते बिहिबार

सुनसरीमा प्रहरीको गोली चल्दा एकको मृत्यु: केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
photo-1_d04e0387

काठमाडौँ: सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सरकारले घटनाको छानबिन अघि बढाएको छ। गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ भने सोमबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाएको छ।

गृह मन्त्रालयका अनुसार समितिले घटनाको वस्तुगत अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्नेछ।

उता, घटनापछि सुनसरीका पाँच क्षेत्रमा जारी कर्फ्युबीच केही स्थानमा विरोध प्रदर्शनसमेत भएको छ।

सुनसरी–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले प्रहरीको गोली प्रहारको शैलीमाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनले गोली चलाउनुपर्ने अवस्था नरहेको दाबी गर्दै सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालासहित आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो। गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। अन्य ९ जनाको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार १२:२५
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना