२०८३ कार्तिक १३ गते बिहिबार

नेपालमा पहिलो विद्यालय नवप्रवर्तन लिग हुँदै, १० हजार विद्यार्थी जोड्ने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
4a6a98d8-7f5d-4d9a-ab9e-e1b561ee5574 (1)

काठमाडौँ: नेपालमा विद्यालय तहको सबैभन्दा ठूलो तथा पहिलो राष्ट्रिय रोबोटिक्स, इन्टरनेट अफ थिङ्स र नवप्रवर्तन प्रतियोगिता ‘नेशनल स्कुल इनोभेसन लिग (एनएसआईएल) को औपचारिक शुभारम्भ हुने भएको छ।

दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गर्न लागेको प्रतियोगितामा देशभरका कक्षा ३ देखि १० सम्मका करिब १० हजार विद्यार्थीलाई रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स तथा नवप्रवर्तनमा आधारित व्यवहारिक सिकाइसँग जोड्ने लक्ष्य राखिएको दूरशिक्षा एजुकेसन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे जानकारी दिए। उनका अनुसार यो नेपालमा विद्यालयस्तरमा सञ्चालन हुन लागेको पहिलो राष्ट्रिय नवप्रवर्तन लिग हो।

प्रतियोगिताका लागि साउन ११ देखि भदौ १८, २०८३ सम्म दर्ताका लागि समयसमेत खुला गरिएको छ।  वेबसाइटमार्फत अनलाइन दर्ता तथा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी लिन सक्ने व्यवस्था आयोजकले मिलाएको छ। भदौ मसान्तभित्र सहभागी विद्यालयहरूमा इनोभेसन किट उपलब्ध गराइनेछ भने असोज ७ गतेदेखि शिक्षक तथा विद्यार्थीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पाण्डेले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत देशका ९ प्रमुख सहरमा मंसिर र पुस महिनामा क्षेत्रीय प्रतिस्पर्धा हुनेछ। त्यसपछि उत्कृष्ट टोलीहरू काठमाडौँमा आयोजना हुने राष्ट्रिय ग्राण्ड फिनालेमा सहभागी हुनेछन्। राष्ट्रिय विजेता टोलीहरूले कुल पाँच लाख बराबरको नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता तीन तहमा सञ्चालन हुनेछ। जहाँ कक्षा ३ देखि ५ सम्मका लागि बेस क्याम्प लिग, कक्षा ६ देखि ८ सम्मका लागि असेन्ट लिग तथा कक्षा ९ देखि १० सम्मका लागि समिट लिग हुनेछ। प्रत्येक तहका लागि छुट्टाछुट्टै परियोजना, इनोभेसन किट र मूल्या‌ंकन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले समुदाय तथा दिगो विकास लक्ष्य (एसडीजीज) सँग सम्बन्धित वास्तविक समस्याको समाधान गर्ने प्रविधिमैत्री परियोजना विकास गर्नेछन। सहभागी विद्यालयलाई इनोभेसन किट, विद्यार्थी कार्यपुस्तिका, परियोजना मार्गदर्शन, शिक्षक तथा विद्यार्थी प्रशिक्षणलगायत आवश्यक प्राविधिक सहयोग समेत आयोजकले उपलब्ध गराउनेछ।

‘कक्षाकोठाबाट विश्व मञ्चसम्म’ भन्ने नारासहित हामीले यो प्रतियोगिता गरेका छौँ,’ पाण्डेले भने, ‘यो केवल प्रतियोगिता मात्र नभई विद्यालय तहमा वैज्ञानिक सोच, नवप्रवर्तन र प्रविधिमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने राष्ट्रिय अभियान हो। यसमार्फत विद्यार्थीलाई भविष्यका वैज्ञानिक, इन्जिनियर, आविष्कारक तथा उद्यमी बन्न प्रेरित गर्नेछ।’

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार १०:०४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना