२०८३ कार्तिक १३ गते बिहिबार

गण्डकीका चार विमानस्थल: करोडौँ लगानीमा बने, तर चलेनन्

 |  राम थापा
Sanket

राम थापा

काठमाडौँ, साउन १३
airport

गण्डकी: बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ। मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिए पनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन्। ती कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्णमा पुगेका छन् भने बनेका संरचनाको उचित संरक्षण र रेखदेखको पर्खाइमा रहेको पाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशका चार विमानस्थल बन्द अवस्थामा छन्। बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन सकेको छैन। लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ।

सरकारले बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएपनि त्यसले पनि सार्थकता पाउन सकेको छैन। प्राधिकरणले पाँच वर्षअघि रु आठ करोड २४ लाख खर्चेर बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो।

विसं २०२२ मा बनेको उक्त विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा आएर बन्द भएको थियो। २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा फेरि पनि निरन्तरता पाउन सकेन। केही समय नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गरेका थिए।

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार ब्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो। पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो।

प्राधिकरणले विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेको छ। जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो।

धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवलोकन गरेपछि उक्त अध्ययन समूहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको औँल्याएको थियो। नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थलको वैकल्पिक प्रयोग गर्ने विषयमा चर्चा चलेपनि कुनै ठोस योजना बन्न नसकेको बताए।

‘विमानस्थल सञ्चालन गर्ने वा वैकल्पिक प्रयोग गर्ने भन्ने विषयमा सङ्घ सरकारको ठोस निर्णय र योजना चाहिन्छ, यसमा आवश्यक समन्वय र सहजीकरण गर्न नगरपालिका सँधै तयार छ,’ उनले भने, ‘राज्यको लगानी खेर जान दिनुहुँदैन, कुनै न कुनै रुपमा विमानस्थललाई उपयोगमा ल्याउनुपर्छ।’

नियमित उडानको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकस्तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन्। बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले कालोपत्र भइरहेको छ। उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ। नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको पनि डेढ दशक बित्न लाग्यो। प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो। धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले सो विमानस्थलमा परीक्षण उडान गरेको थियो।

परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासीमा अहिले त्यो उत्साह पाइदैन। गाउँपालिकाका अध्यक्ष कान्छा घलेले विमानस्थल सञ्चालनमा पहल गरिएपनि वायुसेवा कम्पनीले रुचि नदेखाएको बताए। ‘विमान कम्पनीलाई उडानमा आकर्षित गर्न गाउँपालिकाले पनि केही बजेट विनियोजन गर्दै आएको थियो, यस वर्षदेखि हामीले बजेट पनि राख्न छोड्यौँ,’ उनले भने, ‘विमानस्थल अलपत्र अवस्थामा छ, राज्यका निकायले यसमा कुनै चासो दिएका छैनन्।’

विसं २०३९ देखि विसं २०६८ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको अध्यक्ष घलेले बताए। यसबीच धावनमार्ग कालोपत्रदेखि अन्य पूर्वाधारमा लगानी गरिएपनि त्यो त्यसै खेर गएको छ। मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवातजावात गर्ने गर्थे। विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेपछि विमानस्थल बन्द भएको थियो।

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सरकारको योजना अलपत्र परेको बताए। पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै वैकल्पिक प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको भनाइ छ। काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले यस क्षेत्रमा सडक यातायात सेवा नै बढी प्रभावकारी हुने देखिएको उहाँले बताउनुभयो। मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइसकेको छ। काठमाडौं–मुग्लिन सडक स्तरोन्नतिको चरणमा छ।

विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द छ। पृथ्वी राजमार्ग बनेपछि उक्त विमानस्थल बन्द भएको थियो।  विमानस्थलको धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरेपनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन। देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकामा रहेको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ।

विमानस्थलको धावनमार्ग गौचरणमा फेरिएको छ। विमानस्थल क्षेत्रलाई घेराबार गरेर सुरक्षित भने गरिएको छ। प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दस करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ। सडक नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल अहिले प्रयोगविहीन अवस्थामा छन्।

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ११:२८
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना