२०८३ कार्तिक १३ गते बिहिबार

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
photto_23a23d65 (1)

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ।

वडा अध्यक्ष रविन्द्र महर्जनले पत्रकार सम्मेलनमार्फत वडाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए। उनले पूर्वाधार निर्माणसँगै यहाँको मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई विशेष प्राथमिकता दिइएको बताए।

वडाले यस वर्ष स्वास्थ्य क्षेत्रमा समेत विशेष कार्यक्रम ल्याएको छ। नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन तथा स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

वडाले सडक निर्माण तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ। योजना अन्तर्गत खोकना दोबाटोदेखि कार्य विनायक मन्दिर जाने मूल सडक निर्माण, खोकना दोबाटोदेखि बसपार्कसम्म पेटी तथा फुटपाथ निर्माण, ढोलाहिटी सडक ढलानलगायतका काम समेटिएका छन्।

त्यसैगरी वडा क्षेत्रभित्र रहेका विभिन्न सडक विस्तार तथा सुधारका कार्यक्रम पनि समावेश गरिएको छ। सिजल सडक, रेल सडक, तौखल सडक, सिकली सडक, खोकना धनी सडकलगायतका सडक विस्तार तथा सुधारका योजनाहरू अघि बढाइने भएका छन्।

खानेपानी व्यवस्थापनतर्फ साना खोकना डिप बोरिङ निर्माण तथा सञ्चालन, पाइपलाइन विस्तार, पुरानो बस्तीमा खानेपानी व्यवस्थापनलगायतका योजना राखिएका छन्।

वडाले बागमती नदी तटबन्धन तथा भू–क्षय नियन्त्रणका लागि विभिन्न स्थानमा तटबन्ध निर्माण गर्ने योजना अघि सारेको छ। सिकली, दुवटी, भालुपा, नारायणघाटलगायतका क्षेत्रमा नदी नियन्त्रणसम्बन्धी काम गरिने उल्लेख छ।

त्यस्तै, ढल निकास व्यवस्थापनका लागि विभिन्न स्थानमा ढल निर्माण तथा विस्तार गर्ने योजना राखिएको छ। खोकना सिमान क्षेत्रको ढल निकास, बसपार्क क्षेत्रको ढल निर्माण, घुम्ती सडक ढल निर्माणलगायतका कामहरू प्राथमिकतामा छन्।

ललितपुर–२१ को ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन सम्पदा संरक्षणका योजनाहरू पनि समेटिएका छन्। विभिन्न पाटी, ढुंगेधारा, मन्दिर, गुठी घर तथा धार्मिक स्थलहरूको पुनर्निर्माण र मर्मत सम्भार गरिने भएको छ।

वडाले पाटी निर्माण तथा पुनर्निर्माणतर्फ न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका सम्पदाहरूको संरक्षण गर्ने योजना बनाएको छ।

त्यस्तै, गुठी घर निर्माण तथा मर्मत सुधार, धार्मिक स्थल पूर्वाधार निर्माण, इनार संरक्षण तथा संवद्र्धनका कार्यक्रम पनि बजेटमा समावेश छन्।

वडाले कृषि क्षेत्रअन्तर्गत मल उत्पादन, कृषि सामग्री तथा अन्य सहयोगसम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समावेश गरेको छ। साथै महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य लक्षित वर्गलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

वडा कार्यालयले विकास निर्माणसँगै स्थानीय सम्पदा, संस्कृति र परम्पराको संरक्षण गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ०३:४८
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना