२०८३ साउन २७ गते बुधबार

विकासशील देशलाई एआई प्रयोग गर्न आग्रह गर्दै विश्व बैंकले भन्यो: नत्र पछि परिन्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
World-Bank-1024×570-1-750×375

काठमाडाैँ: विश्व बैंकले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ।

विश्व बैंक समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।

‘एआइले विकासशील अर्थतन्त्रका लागि जीवनरेखाजस्तो अवसर दिएको छ र उनीहरूले यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने। उनले एआईका फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए।

मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्छन्।

यस्ता एआई प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्यधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले जारी गरेको विज्ञप्तिमा विकासशील अर्थतन्त्र तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एआइले सन् २०२० को दशकको अन्त्यसम्ममा उनीहरूको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएको छ।

प्रतिवेदनले एआइको प्रयोगमार्फत महँगो चिकित्सा, कानुनी, शैक्षिक र कृषि सेवा सेवाबाट वञ्चित अर्बौं मानिससम्म पुर्‍याउन सकिने उल्लेख गरेको छ।

लगातारका आर्थिक चुनौती
विश्व बैंकका अनुसार कम आय भएका देश २०२० को दशकभरि नै विभिन्न सङ्कटको सामना गरिरहेका छन्। महामारीपछिको आर्थिक प्रभाव, द्वन्द्व र अन्य विश्वव्यापी चुनौतीका कारण उनीहरूको आर्थिक वृद्धिमा ठूलो दबाब परेको छ।

बैंकले विकासशील देशलाई स्थानीय आवश्यकताअनुसार एआई समाधान विकास गर्न, विद्युत् उत्पादन तथा वितरणमा लगानी बढाउन, कम्प्युटिङ क्षमतामा पहुँच विस्तार गर्न र स्थानीय तथ्याङ्क प्रणाली सुधार गर्न सुझाव दिएको छ।

प्रतिवेदन निर्देशक गौरव नायरले एआइले लामो समयदेखि समाधान हुन नसकेका समस्या सम्बोधन गर्ने ‘जीवनमा एक पटक आउने अवसर’ प्रदान गरेको बताए।

प्रतिवेदनले विकासशील देशमा रहेका करिब छ अर्ब ८० करोड मानिस (विश्व जनसङ्ख्याको करिब ८३ प्रतिशत)का आवश्यकताअनुसार एआई उपकरणलाई अनुकूल बनाउनुपर्नेमा जोड दिएको छ।

यसले बङ्गलादेशमा मधुमेह परीक्षण विस्तार तथा भारतमा उन्नत मौसम पूर्वानुमानमार्फत किसानलाई सहयोग पुर्‍याउने एआई प्रयोगका उदाहरण प्रस्तुत गरेको छ।

विश्व बैंकले स्मार्टफोनको पहुँच नभएका मानिसका लागि सामान्य मोबाइल फोनमा आवाजमार्फत प्रयोग गर्न सकिने एआई समाधान विकास गर्नुपर्ने उल्लेख गरेको छ।

विश्वास र असमानताको चुनौती

विश्व बैंकले एआई विस्तार गर्दा सार्वजनिक विश्वास कायम गर्नुपर्नेमा पनि जोड दिएको छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनःस्थापित गर्न कठिन हुने चेतावनी दिएको छ।

प्रतिवेदनले एआइले देशबिचको आर्थिक खाडल अझ फराकिलो बनाउन, आन्तरिक असमानता बढाउन, बजार शक्ति केही संस्थामा केन्द्रित गर्न र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जोखिम औँल्याएको छ।

रोजगारीमा तत्काल ठुलो असर नदेखिए पनि दीर्घकालमा एआइले मध्यमवर्गीय रोजगारीका केही अवसर विस्थापित गर्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ।

विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ।

प्रकाशित: २०८३ साउन २० गते बुधबार १०:५२
प्रतिक्रिया

थप समाचार

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत...

कन्सुलर प्रमाणीकरण सेवा अब अनलाइनबाटै

कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु

काठमाडौँ: नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र सूचनाप्रविधिको तिव्र विकास तथा बजारको...

आईएसपीको अर्बौं बक्यौता उठाउने प्रक्रिया अघि बढ्यो, किस्ताबन्दीको सुविधा

काठमाडौँ: इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान गर्न...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँः मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना