२०८३ कार्तिक १२ गते बुधबार

आईएसपीको अर्बौं बक्यौता उठाउने प्रक्रिया अघि बढ्यो, किस्ताबन्दीको सुविधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
54dcc3dc-15f4-4847-9b20-61aad7d3725c_293a9609

काठमाडौँ: इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ।

बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएको लामो समयदेखिको विवाद टुंग्याउन सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्रता दिएको हो। यसैक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का पदाधिकारीसँग छलफल गर्दै कानुनअनुसार तिर्नुपर्ने रकम कुनै पनि अवस्थामा असुल गरिने स्पष्ट पारेका छन्।

मन्त्री तिमिल्सिनाले कानुनविपरीत सेवा प्रदायकमाथि अन्यायपूर्ण रूपमा कर वा शुल्क निर्धारण भएको पाइए सरकारले पुनरावलोकन गर्न सक्ने भए पनि कानुनले तोकेको दायित्वबाट भने उम्कन नसकिने बताए।

‘यदि विद्यमान कानुनविपरीत इन्टरनेट सेवा प्रदायकलाई अन्याय हुने गरी कर वा शुल्क निर्धारण भएको रहेछ भने सरकारले त्यसको पुनरावलोकन गर्न सक्छ। तर कानुनले तिर्नुपर्ने रकम सधैं अल्झाएर राख्न सकिँदैन,’ उनले भने, ‘जायज समस्या भए सरकारले सम्बोधन गर्छ, होइन भने बक्यौता असुली प्रक्रिया अघि बढ्छ।’

उनले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाइएको उल्लेख गर्दै लामो समयदेखि समाधान हुन नसकेका नीतिगत र प्रशासनिक समस्या समाधान गरिने बताए। सेवा प्रदायकहरूले भोगिरहेका समस्या तथा सुधार गर्नुपर्ने विषय लिखित रूपमा मन्त्रालयमा पेश गर्नसमेत उनले आग्रह गरे।

बक्यौता नतिरे लाइसेन्स नवीकरण नहुने
नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै बक्यौता रकम नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स नवीकरण गर्न नसकिने बताउँदै आएको छ। छलफलका क्रममा मन्त्री तिमिल्सिनाले पनि कानुनअनुसार तिर्नुपर्ने रकम नबुझाई सेवा सञ्चालन र लाइसेन्स नवीकरणको अपेक्षा राख्न नहुने स्पष्ट पारे।

उनले नेपालमा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको संख्या धेरै भएकाले प्रभावकारी नियमन र अनुगमनमा चुनौती देखिएको उल्लेख गर्दै कम्पनीहरूबीच मर्जर तथा एक्विजिसनको सम्भावनासमेत औंल्याए।

‘धेरैवटा कमजोर कम्पनी रहनुभन्दा सीमित संख्यामा सक्षम र वित्तीय रूपमा सबल सेवा प्रदायक हुनु उपभोक्ता र नियामक दुवैका लागि लाभदायक हुन्छ,‘ मन्त्री तिमिल्सिनाको भनाइ थियो।

किस्ताबन्दीमा बक्यौता तिर्न आईएसपीको प्रस्ताव
छलफलमा आइस्पानले भने सेवा प्रदायक कम्पनीहरू आर्थिक दबाबमा रहेको भन्दै एकैपटक पाँच वर्षसम्मको बक्यौता तिर्न कठिन हुने जनाएको छ। संघले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बापतको रकम किस्ताबन्दीमा बुझाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

आइस्पानका अनुसार लाइसेन्स नवीकरण रोकिँदा सेवा विस्तार, बैंकिङ कारोबार र व्यवसाय सञ्चालनमा समेत असर परेको छ। बक्यौता विवाद समाधान नभएसम्म कम्पनीहरूको वित्तीय अवस्था थप कमजोर हुँदै जाने संघको भनाइ छ।

सेवा प्रदायकहरूले दूरसञ्चार सेवा शुल्क (टिएससी) निर्धारण प्रक्रिया पुनरावलोकन गर्नुपर्ने माग पनि राखेका छन्। त्यस्तै, ठूला करदाता कार्यालयले गरेको कर निर्धारणको पुनः मूल्यांकन (रिअसेसमेन्ट) गर्ने अवसर उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ। उनीहरूले ग्राहकबाट असुल नै नभएको रकममा समेत कर तिर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्।

रोयल्टी र आरटिडिएफमा अर्बौं बक्यौता
प्रचलित कानुनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो कुल आम्दानीको ४ प्रतिशत रकम रोयल्टीबापत सूचना तथा सञ्चार मन्त्रालयमा र २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बुझाउनुपर्ने व्यवस्था छ।

तर अधिकांश सेवा प्रदायकहरूले यी शीर्षकको रकम लामो समयदेखि तिर्न बाँकी रहेको नियामक निकायको भनाइ छ। प्राधिकरणले अडिट गरिएको वित्तीय विवरणका आधारमा थप दस्तुरसहित रकम दाखिला गर्न पटक–पटक निर्देशन दिए पनि सेवा प्रदायकहरूले आपत्ति जनाउँदै आएका छन्।

महालेखापरीक्षकको कार्यालयले समेत वार्षिक प्रतिवेदनमार्फत सेवा प्रदायक कम्पनीहरूबाट उठ्न बाँकी रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा अन्य शुल्कलाई बेरुजुका रूपमा औंल्याउँदै असुल गर्न सरकारलाई सुझाव दिँदै आएको छ।

सरकार, नियामक निकाय र सेवा प्रदायकबीचको पछिल्लो छलफलले लामो समयदेखि रोकिएको बक्यौता विवाद समाधानको बाटो खोल्ने अपेक्षा गरिएको छ। तर सेवा प्रदायकका माग र सरकारको राजस्व असुली दायित्वबीच सहमति जुटाउनुपर्ने चुनौती भने कायमै रहेको छ।

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०३:५८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना