२०८३ साउन २७ गते बुधबार

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
549175ed-5add-42eb-8137-255cce503fad (1)

काठमाडौँ: नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र सूचनाप्रविधिको तिव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले नयाँ पाठ्यक्रम संचालनमा ल्याएको हो।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम संचालमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर. पंकज जालानले जानकारी दिए। ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसंग सहकार्य गरेको छ।

नयाँ पाठ्यक्रमको शुभारम्भ कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इन्जिनियर जालानले एआई भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्ट निर्माण र दैनिक कार्यालयका कामसम्म अत्यावश्यक भइसकेको बताए।

उनले भने, ‘केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ। यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई टुल चलाउने प्रविधिका रुपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गर्न लागिएको हो।’

अध्यक्ष जलानका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान दिनु मात्र होइन, बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो।
नयाँ पाठ्यक्रम शुभारम्भ कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान र आगामी भविश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारी समेत गरेको छ। विदेशबाट एआई सर्भर नेपाल भित्र्याउने तयारी समेत भएको फाउण्डेशनले जनाएको छ। लर्ड बुद्धका लागि एआई ल्याब केवल एउटा कोठामा राखिने सर्भर वा नयाँ उपकरण मात्र नभई, एआई शिक्षालाई व्यवहारमा उतार्ने मुख्य आधार बन्ने अपेक्षा गरिएको छ।

भौतिक ल्याब बनाएर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर दिन लागिएको फाउण्डेशनले जनाएको छ। आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र सिकाइ गर्न पाउने भएपछि विद्यार्थीले किताब वा भिडियोमा मात्र सीमित नभई प्रविधिलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाउनेछन्। यससँगै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल र पुस्तकहरुको पहुँचसमेत पाउनेछन्।

कार्यक्रममा डिएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमता सूचन प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रीयाको अभिन्न अंग बनिसकेको बताए। न्यौपानले भने, ‘एआई सम्वन्धी अन्तराष्ट्रियस्तरको पाठ्यक्रमलाई काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौं, बरु नेपालको भावी व्यावसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधारशिला तयार गर्दैछौं।’ नेपालको सूचना प्रविधि अर्थतन्त्र विकासको सबैभन्दा महत्वपुर्ण अंग बनिसकेको न्यौपानेले बताए।

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०३:१७
प्रतिक्रिया

थप समाचार

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत...

कन्सुलर प्रमाणीकरण सेवा अब अनलाइनबाटै

कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन...

आईएसपीको अर्बौं बक्यौता उठाउने प्रक्रिया अघि बढ्यो, किस्ताबन्दीको सुविधा

काठमाडौँ: इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान गर्न...

विकासशील देशलाई एआई प्रयोग गर्न आग्रह गर्दै विश्व बैंकले भन्यो: नत्र पछि परिन्छ

काठमाडाैँ: विश्व बैंकले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ। विश्व बैंक समूहको...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँः मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना