करदाता प्रोत्साहन पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ।
साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने सङ्ख्या ७ हजार ७७ मात्रै थियो। साउन १६ देखि ३१ गतेसम्मको अवधिमा यो बढेर ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।
यता, क्यूआर र अनलाइन बैंकिङ कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
तस्वीरमा अर्थमन्त्रीबाट नगद पुरस्कार लिँदै प्रथम बम्पर पुरस्कार (रु. १० लाख) विजेता कैलालीका हेमराज जोशी र रु. १ लाख ३३ हजार ३३४ विजेता नवलपरासीका हिमाल अर्याल।


