२०८३ कार्तिक १४ गते शुक्रबार

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
sisheer_khanal

काठमाडौं। अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान गुमाएका नेपालीहरूको उद्धार तथा शव फिर्ता ल्याउने विषयमा सरकारलाई नैतिक संकट परेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले करदाताको पैसा अवैध तरिकाले विदेशिएकाहरूको लागि खर्च गर्दा गलत प्रवृत्तिलाई प्रोत्साहन मिल्ने हो कि भन्ने नीतिगत प्रश्न उब्जिएको बताएका हुन्।

कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन भइरहेको ढिलाइबारे प्रष्टीकरण दिँदै उनले वैधानिक (श्रम स्वीकृति लिएर) बाटोबाट गएकाहरूको हकमा वैदेशिक रोजगार विभागको बिमामार्फत सहजै काम हुने तर अवैध बाटोबाट गएकाहरूको हकमा जटिलता रहेको स्पष्ट पारे।

मन्त्री खनालले भने, ‘अवैधानिक बाटो, प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरुको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यस्तो खाले अवैधानिक तरिकाबाट विदेश जानुहुने नेपालीहरुलाई उद्धार गर्नु पर्यो भने सरकारसँग त्यस्तो खाले फण्ड थिएन।’

उद्धार कार्यविधि निर्माणमा भइरहेको ढिलाइबारे स्पष्ट पार्दै उनले करदाताको पैसाको दुरुपयोग हुन नदिन सरकारले गम्भीरतापूर्वक सोचिरहेको बताए।

उनले भने, ‘मानवीय ढंगले आफ्नो नागरिकको उद्धार गर्नुपर्यो। तर वैध रुपमा आर्जन गरेको सम्पत्तिले अवैध क्रियाकलापलाई प्रोत्साहित गर्छ कि, करदाताबाट लिएको पैसाले अवैध क्रियाकलापलाई झन् उत्साहित पो बनाउँछ कि भनेर हामी अलिकति घोत्लिन परेको विषय भएर यो कार्यविधि बनाउन समय लागेकै हो। यो विषय अत्यन्त गम्भीर थियो।’

यद्यपि, नागरिकको दुःखलाई ध्यानमा राख्दै चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट १५ करोड रुपैयाँ विनियोजन भएको र त्यसैका आधारमा नयाँ कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको उनले जानकारी दिए।

नयाँ प्रस्तावित कार्यविधिमा शव फिर्ता वा गम्भीर बिरामीको उद्धारमा लाग्ने खर्चको सीमा अधिकतम १२ लाख रुपैयाँसम्म राखिएको मन्त्री खनालले बताएका छन्। अर्थ मन्त्रालयबाट उक्त कार्यविधि स्वीकृत भएर आउनेबित्तिकै सन्तोष राईलगायत अन्य नागरिकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढ्ने उनले संसदलाई विश्वास दिलाएका छन्।

 

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०७:४७
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना