२०८३ कार्तिक १२ गते बुधबार

भारतीय सागसब्जीमा कडाइ गर्दा बाँकेका किसानलाई राहत, राम्रो मूल्य पाएपछि उत्साही

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
tarkari

बाँके: बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन्।

उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिकटन सागसब्जी उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ।

भारतबाट आयात हुने सागसब्जीमा भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ। पछिल्लो समय नगदे बालीका रूपमा सागसब्जी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको शर्माले बताए।

बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगञ्ज–१९ का अगुवा किसान गोपी यादवले बताए। “पहिले सागसब्जी बिक्री गर्न टाढाटाढा पुग्नुपर्थ्याे, अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्”, उनले भने।

भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्। भारतबाट आउने सागसब्जीको भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको उत्पादनले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन्

उनका अनुसार नेपालगञ्जको रानीतलाउ बजारमा अहिले बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ। भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो। भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन्।

यतिबेला नेपालगञ्जको बजार बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानीलगायत कृषि उपजले धानेको छ। आयात घटेपछि आफूहरूले उत्पादन गरेको सागसब्जीले राम्रो मूल्य पाएको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँका किसान जलालुद्दीन बागवानले बताए।

विगतमा मण्डीमा लैजाँदासमेत सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले बारीबाटै राम्रो मूल्यमा बिक्री भइरहेको उनले बताए।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०१:४७
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना