२०८३ कार्तिक १२ गते बुधबार

ईसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
eSewa_PCIDSS

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवा लिमिटेडले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वानको मान्यता प्राप्त गरेको छ।

कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै ईसेवाले उक्त मान्यता प्राप्त गरेको हो। यस मान्यताले इसेवामार्फत गरिएका सबै कारोबारहरू सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुरा थप प्रमाणित गरेको छ।

‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी मान्यता प्राप्त सुरक्षा मापदण्ड हो। यसको विकास र सञ्चालन विश्व प्रसिद्ध फोरम पिसिआई सुरक्षा मापदण्ड परिषदले गर्दै आएको छ।

यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीति जस्ता सुरक्षा मापदण्डहरू रहेका छन्। ईसेवाले भुक्तानी डाटा सुरक्षा सम्बन्धी यिनै मापदण्डहरू पूरा गर्दै ‘पीसीआई डिएसएस’ को मान्यता प्राप्त गरेको हो।
ईसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले ‘पीसीआई डिएसएस’को प्रमाणीकरणले प्रयोगकर्ताहरूको डाटा सुरक्षाप्रति ईसेवाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए। “यस प्रमाणीकरणले ईसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ।” खनालले भने, “हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार हाम्रो प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौँ।”

प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रविन्दुमा राखी सेवा प्रदान गर्दै आएको ईसेवाले जनाएको छ। कम्पनीले सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण, पहुँच नियन्त्रण जस्ता सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको छ।

पीसीआई डिएसएसको मान्यता प्राप्त हुनु ईसेवाको सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको कम्पनीले जनाएको छ।

साथै, ईसेवा आइएसओ/आइसी २७००१ः२०२२ प्रमाणित संस्था हो। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणले ईसेवाका सम्पूर्ण प्रणाली र सञ्चालनहरूमा सूचना सुरक्षा जोखिमहरूको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्दछ।

ईसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०५:४२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना