२०८३ भदौ ५ गते शुक्रबार

शाकाहारी आहारले शरीरको तौल घटाउँछ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
food

एजेन्सी। कम बोसोयुक्त शाकाहारी (भेगन)आहारले निरन्तर भोकसँग जुध्नुपर्ने आवश्यकता बिना नै तौल घटाउन सहयोग गर्न सक्ने एक अध्ययनले देखाएको छ।

१६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल, तरकारी, अन्न तथा गेडागुडीमा केन्द्रित आहार अपनाएका सहभागीहरूले कुल खानाको मात्रा लगभग उस्तै खाए पनि प्रतिदिन करिब ३५७ क्यालोरी कम उपभोग गरेका थिए।

नयाँ अनुसन्धानअनुसार कम बोसोयुक्त भेगन आहारले मानिसले खाने खानाको ऊर्जा घनत्व करिब ३० प्रतिशत घटाउन सक्छ। यसले पेटभरि र सन्तोषजनक मात्रामा खाना खाँदा पनि कम क्यालोरी लिन मद्दत गर्छ।

जेएएमए नेटवर्क अपनमा प्रकाशित अनुसन्धानअनुसार क्यालोरी सीमित गर्न नदिइए तौल घट्ने देखिएको छ। अधिक तौल भएका वयस्कहरूलाई सहभागी गराएर गरिएको अनियमित क्लिनिकल परीक्षणमा इच्छाअनुसार खान मिल्ने कम बोसोयुक्त भेगन आहार अपनाउने सहभागीहरूले प्रति ग्राम खानाबाट प्राप्त गर्ने क्यालोरीमा उल्लेख्य कमी ल्याएका थिए।

अनुसन्धानकर्ताहरूले ऊर्जा घनत्वमा जति धेरै कमी आयो, क्यालोरी सेवन र तौल घट्ने दर पनि त्यति नै बढी भएको पाइएको थियो।

फिजिसियन्स कमिटी फर रेस्पोन्सिबल मेडिसिनकी क्लिनिकल रिसर्च निर्देशक तथा अध्ययनकी प्रमुख लेखक डा.हाना काह्लियोभाले भनिन्, ‘वनस्पतिमा आधारित खाना खाँदा क्यालोरी नगनी वा भोकै नबसी कसरी तौल घटाउन सकिन्छ भन्ने प्रश्नको यसले जवाफ दिन्छ।’

वेबसाइटका अनुसार, यो निष्कर्ष अधिक तौल भएका वयस्कहरूलाई सहभागी गराएर गरिएको १६ हप्ते अनियमित परीक्षणको विश्लेषणबाट आएको हो। सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो।

एक समूहलाई फलफूल, तरकारी, अन्न र गेडागुडीमा आधारित इच्छाअनुसार खान मिल्ने कम बोसोयुक्त भेगन आहार दिइयो भने अर्को नियन्त्रण समूहले कुनै आहार परिवर्तन नगरी पहिलेझैं खाना खाएका थिए।

कुनै पनि समूहलाई क्यालोरीको निश्चित लक्ष्य दिइएको थिएन वा कति खाने भन्ने सीमा तोकिएको थिएन। अनुसन्धानकर्ताहरूले प्रत्येक सहभागीको दैनिक कुल क्यालोरी सेवनलाई उनीहरूले खाएको खानाको कुल तौलसँग तुलना गरेर ऊर्जा घनत्व मापन गरेका थिए।

दुवै समूहले खाएको खानाको कुल तौलमा उल्लेख्य परिवर्तन भएन। अर्थात्, भेगन आहार अपनाउनेहरूले पनि तौलका हिसाबले लगभग उस्तै मात्रामा खाना खाएका थिए।

दुवै समूहको क्यालोरी सेवन घट्यो, तर भेगन आहार अपनाउने समूहमा प्रतिदिन करिब ३५७ क्यालोरीले बढी कमी आएको थियो।

भेगन आहारमा मासु, दुग्धजन्य पदार्थ र अण्डाजस्ता बढी क्यालोरीयुक्त पशुजन्य खाद्यपदार्थ हटाइएको थियो। त्यसको सट्टा कम क्यालोरीमा बढी मात्रा उपलब्ध गराउने तरकारी र गेडागुडीको सेवन बढाइएको थियो।

यस्ता वनस्पतिजन्य खाद्यपदार्थमा सामान्यतया प्रति ग्राम क्यालोरी कम हुने भएकाले सहभागीहरूले पर्याप्त मात्रामा खाना खाँदा पनि समग्रमा कम ऊर्जा अर्थात् क्यालोरी लिन सकेका थिए।

अध्ययनका निष्कर्षले कम बोसोयुक्त भेगन आहारले खानाको ऊर्जा घनत्व उल्लेख्य रूपमा घटाउन सक्ने देखाएको छ। यसले मानिसलाई जानाजानी क्यालोरी सीमित नगरीकनै कम क्यालोरी सेवन गर्न र तौल घटाउन सहयोग गर्न सक्छ। स्रोतः एएनआई

 

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०८:०४
प्रतिक्रिया

थप समाचार

पैसाको निक्र्योल गर्ने अधिकार राष्ट्र बैंकलाई दिऔँः कार्यकारी निर्देशक थापा

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन्। शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः...

लघुवित्त क्षेत्रले आफ्ना मोडलहरू तत्काल परिवर्तन गर्नुपर्छः पूर्वउपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन्। शुक्रबार ‘लघुवित्त क्षेत्रको...

भारतबाट आयातमा कडाइपछि नेपाली केराले पायो बजार, किसानले पाए चार गुणा ज्यादा मूल्य

भैरहवा: भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। विगतका वर्षमा भारतीय...

क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता

विश्वमै क्यान्सरको उपचारमा प्रभावकारी पुष्टि भएका नयाँ औषधी सरकारले दर्ता नगरिदिँदा तस्करी गरेर ल्याउनु परिरहेको छ। त्यसरी ल्याएको औषधी बिरामीले महँगोमा किन्नु परिरहेको छ भने कहिलेकाहीँ...

आजदेखि प्रदर्शनमा आयो चलचित्र ‘मास्टर्नी’

काठमाडौं। आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो। आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना