पोखरा: माइक्रोलाइफ नेपालम आफ्नो आधिकारिक प्रतिनिधि हेल्थकेयर टेक्नोलोजिज प्रालिमार्फत पोखरा एभेन्जर्सको आधिकारिक मेडिकल साझेदार बनेको छ।
माइक्रोलाइफ र पोखरा एभेन्जर्सबीच यसका लागि सम्झौता भएको हो।
साझेदारीमार्फत पोखरा एभेन्जर्सका खेलाडी तथा सम्पूर्ण टोलीलाई माइक्रोलाइफले स्वास्थ्य तथा चिकित्सा प्रविधिको सहयोग उपलब्ध गराउनेछ।
माइक्रोलाइफले खेलाडीहरूको स्वास्थ्य र उत्कृष्ट प्रदर्शनमा सहयोग पुर्याउने उद्देश्यले यो सहकार्य गरिएको बताएको छ।


