काठमाडौँः भोटेकोशी नदीको मुहानमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
अर्थ मन्त्रालयले सूचना जारी गर्दै नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार अर्को सूचना नआएसम्म नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ। बाढीसम्बन्धी जानकारी तथा राहतका लागि मन्त्रालयले हेल्पलाइन नम्बर १२३४, १०० र ११११मा सम्पर्क गर्न आग्रह गरेको छ।