२०८३ कार्तिक १७ गते सोमबार

कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
photo-15_0ab0c23d

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी पंक्तिलाई आग्रह गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह गरेको हो । बैठकका निर्णयबारे पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन्।

बैठकले रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट जनजीवन अस्तव्यस्त भएको तथा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बेपत्ताको खोजी, जोखिममा रहेका नेपाली नागरिक तथा विदेशी पर्यटकको उद्धार र स्थानान्तरण तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ।

कांग्रेसले विपद्को अवस्थामा सरकार, प्रतिपक्षी दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदायको साझा कर्तव्य उद्धार र राहत भएको जनाएको छ। अन्य विषयलाई थाती राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गर्न सरकारलाई आग्रह गर्दै सरकारका प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।

पार्टीका सदस्यलाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोपमा नउत्री उद्धार, राहत र व्यवस्थापनको काममा केन्द्रित हुन पनि कांग्रेसले आग्रह गरेको छ।

बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत बाढी प्रभावित जिल्लाका पार्टी नेतृत्व, सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ। प्रभावित क्षेत्रभन्दा बाहिर रहेका पार्टीका सदस्यलाई पनि आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिएको छ।

बाढीको विपद्का कारण कांग्रेसले भदौ ११ गतेका लागि तय गरेको महिला उद्यमशीलता सम्मेलन, ग्रिन टेबललगायत पूर्वनिर्धारित कार्यक्रम तथा पार्टी केन्द्रीय कार्यालयमा हुने विचार शृङ्खलाका छलफल एक साताका लागि स्थगित गरेको छ ।

त्यस्तै, पार्टीका केन्द्रीय पदाधिकारी तथा प्रभावित भूगोलका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नभई बाढीबाट उत्पन्न संकटमा उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित रहने निर्णय बैठकले गरेको छ ।

कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति पनि गठन गरेको छ । केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्य, प्रतिनिधिसभा सदस्य, बागमती प्रदेश कार्यसमितिका सदस्य, सम्बन्धित जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्य, कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, भ्रातृ संघ र शुभेच्छुक संस्थाका सभापति सदस्य रहनेछन् ।

पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्यसचिव रहनेछन् । समितिअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्कसमेत स्थापना गरिने भएको छ ।

कांग्रेसले पार्टीको तर्फबाट हुने सम्पूर्ण सहयोग समितिको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, पार्टीको तर्फबाट राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०८:५८
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना