काठमाडौं। भोटेकोशीमा आएको बाढीपछि ६४४ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। बिहीबार दिउँसो १ बजेदेखि ५ः४५ (नेपाली समय) सम्मको विवरणअनुसार बेपत्ता हुनेमा नेपालीसहित विभिन्न देशका नागरिक रहेका छन् ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै भारतका १७८ जना नागरिक बेपत्ता भएका छन् भने नेपालका १२७ जना बेपत्ता रहेको उल्लेख छ।
त्यस्तै अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिंगापुरका ९ र रुसका ८ जना नागरिक बेपत्ता भएका छन् ।
यसैगरी जापान र न्युजिल्यान्डका ५–५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३–३ जना तथा काजकिस्तान, पोर्चुगल, इटाली र आयरल्यान्डका २–२ जना बेपत्ता रहेको विवरणमा जनाइएको छ।
जर्मनीका ८, लाट्भियाका ६, दक्षिण अफ्रिकाका ६, फिनल्यान्डका १, बेलारुसका १, नेदरल्यान्ड्सका २, हंगेरीका १, इजरायलका १ र लिथुआनियाका १ जना नागरिक पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ । यस्तै स्विडेन, सर्बिया र बुल्गेरियालगायतका देशका नागरिकसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको छ।
बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उपलब्ध विवरणअनुसार कुल बेपत्ता हुनेको संख्या ६४४ जना पुगेको छ।