काठमाडौँ- वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एक जना युट्युबर पनि पक्राउ परेका छन्। युट्युबर राजकुमार तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्।
काभ्रे घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका २२ वर्षीय तामाङ कपनबाट शुक्रबार पक्राउ परेका हुन्।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबर यही प्रकरणमा पक्राउ परेका छन्। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।


