२०८३ कार्तिक १६ गते आईतबार

मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
biman3_7075e851 (1)

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ ।

यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्।

विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ।

एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले तेस्रो विमानमा करिब १२–१३ टन मानवीय सहायता सामग्री पठाइने र योजना अनुसार उक्त विमान उडेको खण्डमा नेपालमा भारतले पठाएको कुल राहत सामग्री करिब ६० टन पुग्ने बताए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जायसवालले भने, ‘विपत्ति सुरु भएलगत्तै हामीले सोही दिन मानवीय सहायता परिचालन गर्‍यौँ। पहिलो विमान अगस्ट २६ को साँझ नेपालका लागि उडेको थियो। त्यसमा १० टन राहत सामग्री थियो, जसमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ सामग्रीका किट, सौर्य बत्ती र औषधि थिए।’

उनका अनुसार दोस्रो विमान अगस्ट २७ बिहान करिब १०ः३० बजे उडेको थियो। उक्त विमानमा ३७.५ टन राहत सामग्री पठाइएको थियो।

एमईएका प्रवक्ताका अनुसार उक्त सामग्रीमा टेन्ट, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि तथा खाद्य सामग्री रहेका थिए।

जायसवालले भारतले आज साँझ तेस्रो विमान पठाउने विषयमा छलफल भइरहेको बताए। उक्त विमानमा पोर्टेबल जेनेरेटर, ‘डिग्निटी किट’, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र औषधि पठाउने तयारी छ।

यी सामग्री नेपाल पक्षले उपलब्ध गराउन अनुरोध गरेका वा आवश्यक ठानेका सामग्रीमध्येका रहेको उनले बताए।

‘विशेष विमानको कुल भार करिब १२–१३ टन हुनेछ। समग्रमा, यो विमान पनि उडेको खण्डमा मानवीय सहायताअन्तर्गत भारतले नेपालमा करिब ६० टन राहत सामग्री हुनेछ,’ जायसवालले भने।

मानवीय सहायता सामग्रीबाहेक भारतले नेपालको उद्धार अभियानका लागि थप विशेष सहयोगको तयारीसमेत गरिरहेको छ।

‘नेपालको अनुरोधअनुसार हामी सुरुङ उद्धार टोली पठाउने तयारीमा छौँ। त्यसका लागि आवश्यक उपकरण कस्तो हुने भन्नेबारे स्थलमै पुगेर मूल्यांकन गर्न पहिले एउटा निरीक्षण टोली पठाइँदैछ। हामी नेपालमा स्वास्थ्यकर्मीको टोली पनि पठाउँदैछौँ,’ जायसवालले भने।

बाढी प्रभावित क्षेत्रमा आवागमन तथा सम्पर्क पुनःस्थापित गर्न भारतले बेल्ली ब्रिज र त्यससँग सम्बन्धित प्राविधिक टोली पठाउने प्रस्तावसमेत गरेको छ।

एमईएका प्रवक्ताले भारतले नेपालमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का टोली तथा आवश्यक उपकरण पठाउने प्रस्तावसमेत गरेको बताए। यसले विपद्बाट प्रभावित मानिसहरूलाई राहत उपलब्ध गराउन पनि सहयोग गर्नेछ।

विपद्बाट प्रभावित भारतीय नागरिकबारे बोल्दै जायसवालले उद्धार गरिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन भारत सरकारले व्यवस्था गरिरहेको बताए।

उनले हालसम्म २१ जना भारतीय नागरिक दिल्ली फर्किसकेको र उनीहरूको यात्रा व्यवस्थापन भारतीय दूतावासले गरेको जानकारी दिए।

नेपाली अधिकारीहरूले उपलब्ध गराएको पछिल्लो विपद् व्यवस्थापनसम्बन्धी विवरणअनुसार हालसम्म ५३८ जनाको शव फेला परेको छ भने ९७७ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यहरू जारी छन्। एएनआई

प्रकाशित: २०८३ भदौ १२ गते शुक्रबार ०८:३०
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना