२०८३ भदौ ३० गते मङ्गलबार

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
3d

काठमाडौं । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ ।चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो ।

चिनियाँ अधिकारीहरुले केरुङ सीमा बन्दरगाहमा शुक्रबार खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् ।उद्धारकर्मीहरूले मानिसहरूको ज्यान बचाउन समयसँग प्रतिस्पर्धा गर्दै उद्धार अभियानलाई तीव्रता दिएका हुन् ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्।

बुधबार बिहान नेपालको भूभागमा गएको पहिरो केरुङ जिल्लास्थित केरुङ बन्दरगाहमा पुगेपछि उनीहरू बेपत्ता भएका हुन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको पहिचान भएको छ।

राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६८१ जना अग्नि तथा उद्धारकर्मी र ११३ वटा सवारीसाधन दुर्गम पहाडी सीमा क्षेत्रमा पुगिसकेका छन्। साथै, ६ हजार ६१२ थान उद्धार उपकरण तथा रसद सामग्री केरुङ गाउँमा पठाइएको छ।

पहिलो चरणमा १४१ जना उद्धारकर्मी र उच्च उचाइमा उड्न सक्ने एक हेलिकोप्टर बिहीबार बिहान बन्दरगाहमा पुगेका थिए। त्यसपछि चीन खोज तथा उद्धार टोलीका थप १११ जना उद्धारकर्मी बिहीबार दिउँसो केरुङ जिल्लामा पुगेका थिए।

अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि तीनवटा विशेष टोली गठन गरेका छन्। तीमध्ये एउटा टोलीले जलमार्गमा रबरका डुंगा प्रयोग गरेर, अर्कोले पहाडी भूभागमा पैदल यात्रा गरेर तथा तेस्रोले ड्रोनमार्फत हवाई निरीक्षण र राहत सामग्री आपूर्ति गर्ने गरी काम गरिरहेका छन्।

एक टोलीलाई मुख्य विपद् प्रभावित क्षेत्रमा पठाइएको छ। उक्त टोलीले ड्रोन र दूरबीनको प्रयोग गरी घटनास्थल तथा बनेको तालको नक्साङ्कन, निरीक्षण र लक्षित निगरानी गरिरहेको छ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयअन्तर्गतको सांघाई अग्नि अनुसन्धान संस्थानका १३ जना विशेषज्ञ पनि घटनास्थलमा पुगेका छन्।

राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार कम्पनी चाइना एनेङले शुक्रबार १५ सदस्यीय टोली परिचालन गरेको छ।

टोलीले अवरोध तथा आसपासका सडकको स्थलगत सर्वेक्षण गर्न ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेसन र मोबाइल निगरानी क्यामेरा प्रयोग गरिरहेको छ।

यसको उद्देश्य बनेको तालसम्बन्धी जोखिम व्यवस्थापनका लागि आवश्यक प्रयासमा सही तथ्यांक उपलब्ध गराउनु हो।

उद्धारकर्मीहरूका अनुसार बन्दरगाहभन्दा करिब ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको ढुंगामाटो अवरोधका कारण बनेको जोखिम समाधान भएपछि मात्र सुरक्षित रूपमा हटाउन सकिनेछ।(सीसीटीभीप्लस)

प्रकाशित: २०८३ भदौ १२ गते शुक्रबार ०८:४३
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना