काठमाडौं। भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ।
बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो।
पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।