२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी–त्रिशूली बाढी: १५ देशका १८४ पर्यटकको ‍उद्धार, ४२० जना अझै सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
flood

काठमाडौँ: रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना नागरिक रहेका छन्। यस्तै चीनका २७ जना, दक्षिण कोरियाका २० जना, जर्मनी र माल्टाका ४÷४ जना, इटाली र अमेरिकाका ३÷३ जना तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २÷२ जना पर्यटकको सकुशल उद्धार गरिएको छ। त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका १÷१ जनाको उद्धार भएको छ भने स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक हाल सुरक्षा निकायको सम्पर्कमा आएका छन्।

विपद्मा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेशी कूटनीतिक नियोगहरूले पनि पर्यटन बोर्डसँग प्रत्यक्ष समन्वय थालेका छन्। नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्याण्ड उच्चायोगका काउन्सिलर जेनी डु टोइटले बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकहरूको खोजीबारे छलफल गरेका छन्। पर्यटन बोर्डले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणमा राज्य संयन्त्र पूर्ण रूपमा परिचालन भएको स्पष्ट पार्दै सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ।

यसैबीच बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिङ सडक खण्ड मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही ग्रामीण तथा सहायक सडकहरू बाहेक देशभरको यातायात आवागमन सामान्य रहेको जनाइएको छ। बोर्डले पर्यटक तथा सर्वसाधारणलाई यात्रा सुरु गर्नुपूर्व मौसम र सडकको पछिल्लो अवस्था बुझ्न तथा स्थानीय प्रशासनको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै आपतकालीन सहायताका लागि नेपाल पर्यटन बोर्डको टोल–फ्री नम्बर १२३४, सरकारी हटलाइन ११४४ वा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०२:४४
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना