२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी बाढीपहिरोबाट ३ खर्ब ८७ अर्ब क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
photo-3

काठमाडौं। भोटेकोशी तथा त्रिशूलीमा विनासकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा भएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको जानकारी दिए।

उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

उनले भने, ‘हामीले अर्ली रिकभरीअन्तर्गत अबको चार महिनासम्म भवन निर्माण, बस्ती तथा बसोबास, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा तथा दूरसञ्चारलगायत सबै क्षेत्रमा कति खर्च लाग्छ भनेर अध्ययन गरेका थियौँ। प्रारम्भिक अनुमानअनुसार चार महिनाभित्रको अर्ली रिकभरीका लागि ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको आवश्यकता देखिएको छ।’

प्राधिकरणले उत्तरी चीन सीमा क्षेत्रबाट ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। त्यस्तै, अर्को स्थानमा सकुशल रहेका कम्तीमा २० जनाको समेत उद्धार गरिएको उप्रेतीले बताए।

उनले भने, ‘हाम्रो उत्तरी क्षेत्र, चीन सीमा क्षेत्रबाट उद्धार भएर ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी जम्मा ११४ जना सकुशल उद्धार भई आज काठमाडौं फर्किँदै हुनुहुन्छ। त्यो हाम्रो लागि एकदमै सुखद समाचार हो। साथै, कम्तीमा २० जना मानिस पनि अर्को ठाउँमा सकुशल बसिराखेको अवस्थाबाट हामीले उद्धार गरिसकेको अवस्था छ।’

खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको भन्दै उप्रेतीले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोज, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। टनेलमा फसेकाहरूको उद्धारका लागि समेत अपरेसन जारी रहेको उनले बताए।

उनले भने, ‘ग्राउन्डमा अहिले टनेलको बारेमा धेरै प्रश्न आइरहेको अवस्थामा हामीले टनेलको अपरेसनलाई पनि निरन्तरता दिएका छौँ। अझै पनि जीवितै उद्धार होस् भन्ने आशा र कामना गर्दछौँ। हेलिकप्टरमार्फत गरिने उद्धार पनि जारी नै राखेका छौँ। प्रत्येक दिन १०–१२ वटा हेलिकप्टर उडानमार्फत खोज, उद्धार तथा शव संकलन कार्य अगाडि बढिरहेको छ।’

प्राधिकरणका अनुसार काठमाडौंंबाट विभिन्न २१ वटा तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ। भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो सम्बोधन गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक क्षतिको तथ्याङ्कलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कन मार्फत थप स्पष्ट पारिने उप्रेतीले बताए।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०८:४१
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना