२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
rasuwagadi

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन्। गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन्।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उनकी धर्मपत्नी, २ जना दैनिक ज्यालादारी कामदार र ३९ जना ठेकेदारतर्फका जनशक्ति रहेका छन्। बाढीको समयमा आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भए पनि अन्य ठूलो संख्याका कर्मचारीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ। बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ। विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ।

घटना लगत्तै कम्पनीले हेलिकप्टर र नेपाली सेनाको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरेको थियो। बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र निजी क्षेत्रका उद्धार टोलीहरू परिचालन गरिएका छन्। उद्धारका लागि फिष्टेल एयरको हेलिकप्टरबाट टोली पठाइए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्यमा बाधा पुगेको छ। कम्पनीले काठमाडौँस्थित कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी पीडित परिवारलाई जानकारी दिने व्यवस्था मिलाएको छ।

उद्धारका लागि ‘नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन’ र ‘हिमालय समिट क्लब’ का दक्ष रक क्लाइम्बरहरू समेत परिचालन गरिएको छ। यद्यपि, पावरहाउसभित्र जमेको ठूलो मात्राको लेदो र ढुङ्गाका कारण उपकरणहरू भित्र लैजान समस्या देखिएको छ। नेपाली सेनाको रेस्क्यु टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि कुनै पनि कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन।

कम्पनीले ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारीहरू सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता र आक्रोश बढ्दै गएको छ। कम्पनीले उपलब्ध सबै स्रोत र साधन प्रयोग गरी अन्तिम सम्भावना भएसम्म खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार १०:३७
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना