२०८३ कार्तिक १५ गते शनिवार

‘भदौ २४ गते कम्तीमा ५ खर्बको नोक्सानी भएको थियो, न्यूनीकरण गरेर ८४ अर्ब देखाइयो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
chandramani_adhikari

काठमाडौँ: अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले विपद्को समयमा भएको क्षतिमा राजनीतिकरण हुने गरेको दाबी गरेका छन्। भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीपछि अब सरकारले राजनीति नगरी विपद्पश्चात्को आवश्यकता मूल्यांकनमा (पीडीएनए) गर्नुपर्ने बताए।

उनले क्षति मूल्यांकनमा राजनीति हुन नहुने बताए। यसका लागि उनले गत वर्ष जेनजी आन्दोलनका क्रममा दोस्रो दिन भदौ २४ गते ठूलो क्षति भएको तर राज्यले त्यसलाई न्यूनीकरण गरेर देखाएको दाबी गरे।

‘हामी कहिलेकाहीँ यसमा राजनीति गरिदिन्छौँ। ७२ सालको भूकम्प जाँदाखेरि म राष्ट्रिय योजना आयोगको सदस्य थिएँ। त्यो बेला हामीले तुरुन्तै ‘पीडीएनए’ (पोस्ट डिजास्टर निड्स एसेस्टमेन्ट) गरेका थियौँ र ७ खर्ब जति लस एन्ड ड्यामेज भएको थियो। पहिला त यो काम गर्नुपर्यो, यसमा राजनीति गर्न भएन। गत सालको भदौ २४ गतेको विद्रोहमा भएको नोक्सानीमा राजनीति भएको छ, त्यो चाहिँ म स्पष्ट भन्छु,’ उनले भने, ‘त्यसबाट भएको नोक्सानीलाई न्यूनीकरण गरेर देखाइएको थियो— ८४ अर्ब भनेर देखाइयो, तर ५ खर्बभन्दा कम भएको छैन, म हिसाब देखाउन सक्छु।’

अर्थतन्त्रमा कति प्रभाव पार्यो, कति दिनसम्म अर्थतन्त्र चलेन, व्यापार व्यवसायलाई कस्तो असर पार्यो भन्ने कुराको लेखाजोखा नै नदेखिएको उनको भनाइ छ। अहिलेको अवस्थामा पनि राजनीति नगरिकन ‘निड एसेस्टमेन्ट’ (विपद्पश्चात्को आवश्यकता मूल्यांकनमा) गरिनुपर्ने उनले बताए।

‘पहिला त निड एसेसमेन्ट गर्नुपर्यो— क्षति कति भएको छ हाम्रो? व्यक्तिको क्षति कति भएको छ, परिवारको क्षति कति भएको छ, राज्यको क्षति कति भएको छ, घरखेत ककसको कति गएको छ? संरचनाहरू कति गएका छन्?’ उनले भने, ‘हाइड्रोपावर प्रोजेक्ट नै १४ वटामा प्रभाव परेको छ, ८ वटा त चलिरहेका हाइड्रोपावर प्रोजेक्टहरू बन्द भएका छन्— साढे ४ सय ५ सय मेगावाट बिजुली उत्पादन कम भएको छ। त्यसले कति क्षति गर्यो होला?’

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार १२:४४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना