२०८३ भदौ ३० गते मङ्गलबार

काठमाडौँमा खाना पकाउने ग्यासको अभाव, सिलिन्डरका लागि घण्टौँ लाइन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
Gas Crisis_Sifal_ (6)
तस्बिर: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

सिफललगायत काठमाडौँका विभिन्न स्थानमा ग्यास वितरण केन्द्रमा सर्वसाधारणको लामो लाइन लागेको छ। ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्नेहरू थप समस्यामा परेका छन्।

सिराहा घर भई काठमाडौँमा बसेर स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई–तीन दिनदेखि ग्यासको लाइनमा बसेको बताए। उनका अनुसार एक जनालाई एउटा मात्र सिलिन्डर दिने गरिएको छ।

‘२–३ दिनदेखि लाइनमा बसेको छु। एक जनालाई एउटा मात्र दिन्छ। साथीको कोठामा खाना बनाउँछु। अब ग्यास नपाए होटलमै खानुपर्ने अवस्था आउँछ, गाह्रो छ,’ उनले भने।

उनका अनुसार ग्यास १७ गतेपछि आउने र त्यसको भोलिपल्ट वा पर्सिपल्ट वितरण गरिने जानकारी आफूले पाएका छन्। ग्यासको अभावका कारण डेरामा बस्ने विद्यार्थी तथा अन्य सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या भएको उनले बताए।

यस्तै, गौशाला–तिलगंगामा बस्ने अस्गर अली पनि शुक्रबारदेखि ग्यासको प्रतीक्षामा छन्। उनी बिहान ७ बजेदेखि लाइनमा बसे पनि आइतबारसम्म आफ्नो पालो नआएको बताउँछन्।

‘तीन दिन भयो। आज मेरो पालो आउँदैन, पर्सि आउँछ भनिएको छ। सुगम र एभरेस्ट ग्यास पर्सि आउँछ भनिरहेका छन्,’ अलीले भने।

डिलरकहाँ ग्यास लिन जाँदा आफू नियमित ग्राहक नभएको भन्दै सिलिन्डर दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ। ‘डिलरकहाँ जाँदा तिम्रो कस्टमर छैन, हामीसँग रासन लिँदैनौ, तिमीलाई किन ग्यास दिने भनेर भन्छन्,’ उनले भने।

ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने, पटक–पटक डिलर धाउनुपर्ने र अन्ततः महँगोमा खाना खानुपर्ने बाध्यता रहेको बताएका छन्।

उपभोक्ताले ग्यासको आपूर्ति सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न र सबै उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार ०६:५४
प्रतिक्रिया

थप समाचार

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

टिकटक र सेल्फीमय पशुपति परिसर [फोटोफिचर]

हरितालिका तीजको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ। तीजका अवसरमा विशेषगरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा...

ग्यास अभावको विरोध: आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

 काठमाडौँ: सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल (क्रान्तिकारी)मा...

पोखराका सरकारी संरचना: भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्बिर)

जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको वर्तमान अवस्था। वैकल्पिक ठाउँबाट काम चलेपनि गण्डकी प्रदेश सभा भवन, मन्त्री आवास, पोखरा महानगरपालिकाको कार्यालयसहित कतिपय सरकारी कार्यालय...

राजनीतिक उथलपुथलको एक वर्ष: के–के भयो? हेर्नुहोस् तस्बिरमा

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ। जेन–जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो,...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना