२०८३ कार्तिक १५ गते शनिवार

काठमाडौँमा खाना पकाउने ग्यासको अभाव, सिलिन्डरका लागि घण्टौँ लाइन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
Gas Crisis_Sifal_ (6)
तस्बिर: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

सिफललगायत काठमाडौँका विभिन्न स्थानमा ग्यास वितरण केन्द्रमा सर्वसाधारणको लामो लाइन लागेको छ। ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्नेहरू थप समस्यामा परेका छन्।

सिराहा घर भई काठमाडौँमा बसेर स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई–तीन दिनदेखि ग्यासको लाइनमा बसेको बताए। उनका अनुसार एक जनालाई एउटा मात्र सिलिन्डर दिने गरिएको छ।

‘२–३ दिनदेखि लाइनमा बसेको छु। एक जनालाई एउटा मात्र दिन्छ। साथीको कोठामा खाना बनाउँछु। अब ग्यास नपाए होटलमै खानुपर्ने अवस्था आउँछ, गाह्रो छ,’ उनले भने।

उनका अनुसार ग्यास १७ गतेपछि आउने र त्यसको भोलिपल्ट वा पर्सिपल्ट वितरण गरिने जानकारी आफूले पाएका छन्। ग्यासको अभावका कारण डेरामा बस्ने विद्यार्थी तथा अन्य सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या भएको उनले बताए।

यस्तै, गौशाला–तिलगंगामा बस्ने अस्गर अली पनि शुक्रबारदेखि ग्यासको प्रतीक्षामा छन्। उनी बिहान ७ बजेदेखि लाइनमा बसे पनि आइतबारसम्म आफ्नो पालो नआएको बताउँछन्।

‘तीन दिन भयो। आज मेरो पालो आउँदैन, पर्सि आउँछ भनिएको छ। सुगम र एभरेस्ट ग्यास पर्सि आउँछ भनिरहेका छन्,’ अलीले भने।

डिलरकहाँ ग्यास लिन जाँदा आफू नियमित ग्राहक नभएको भन्दै सिलिन्डर दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ। ‘डिलरकहाँ जाँदा तिम्रो कस्टमर छैन, हामीसँग रासन लिँदैनौ, तिमीलाई किन ग्यास दिने भनेर भन्छन्,’ उनले भने।

ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने, पटक–पटक डिलर धाउनुपर्ने र अन्ततः महँगोमा खाना खानुपर्ने बाध्यता रहेको बताएका छन्।

उपभोक्ताले ग्यासको आपूर्ति सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न र सबै उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार ०६:५४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना