२०८३ कार्तिक ११ गते मङ्गलबार

फलाम प्रशोधन प्लान्ट राख्न धौवादीमा ईआईए सुरु, दैनिक १५०० टन बिलेट उत्पादन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
dhaubadi-falam-company

काठमाडौँ: सरकार स्वामित्वको धौवादी फलाम कम्पनी लिमिटेडले फलाम प्रशोधनका लागि प्लान्ट स्थापना गर्न लागेको छ। फलाम उत्पादन प्लान्ट राख्न धौवादीले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) प्रतिवेदन तयारी अघि बढाएको छ। ईआईएका लागि क्षेत्र निर्धारण गर्न सर्वसाधारणबाट सुझाव मागेको छ।

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाँग्रेघाटमा फलाम प्रशोधन प्लान्ट स्थापना हुने भएको छ। स्वदेशी कच्चा पदार्थलाई प्रशोधन गरिसकेपछि फलामलाई कावासोती नगरपालिका वडा नम्बर १ स्थित लोकाह खोलाबाट ५०० पश्चिममा डिआरआई इलेक्ट्रिक आर्क फर्नेस विधिबाट दैनिक १५०० टन कच्चा स्टील (बिलेट) उत्पादन गर्ने उद्देश्यले यस आयोजना प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

फलाम खानी नवलपुरको हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिकामा छ। कम्पनीले धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ।

कम्पनीले ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख टन धाउ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको छ। उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम रहेकामा नौ करोड ६० लाख टनमात्र उत्खनन गर्न सकिने बताइएको छ।

खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढाउने जनाएको छ। खानी सञ्चालन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा लैजाने तयारी गरिएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले सरकारी तवरबाट कम्पनी स्थापना भएको हो।

हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको हो। खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो।

अध्ययनका क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठूलो परिमाणमा फलाम खानी पत्ता लागेको थियो। २०७६ भदौ ४ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिसकेको छ। उक्त कम्पनी वि.सं.२०७६ असोज ९ गते कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता भई सोही वर्षको फागुनदेखि सञ्चालमा छ।

भारतको एम एण्ड दस्तुर, एस आर के र नेपालको जेड कम्पनीले आठ महिना लगाएर फलाम खानी बारे अध्ययन गरेको छ। उक्त अध्ययन प्रतिवेदनमा वि.सं.२०८४ देखि फलाम उत्पादन गर्न सकिने देखाएको छ।

धौवादी फलाम खानीमा आधारित आइरन/स्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भइसकेको कम्पनीले जनाएको छ।

अध्ययनले आइरन/ स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिकरुपमा सम्भव देखाएको छ। आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन गर्दा हुने कम्पन), ईआईए र विस्तृत परियोजना प्रतिवेदन तयार गरी उत्पादनतर्फ लागिने कम्पनीले जनाएको छ।

५१ अर्ब लगानी हुने

अध्ययनले परियोजनाको लागत ५१ अर्ब २५ करोड लाग्ने प्रक्षेपण गरेको छ। उक्त लगानी असुल भई कम्पनी नाफामा जान सात वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाइसकेको छ।

धौवादी फलाम खानीबाट निकाल्न सकिने परिमाण र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो।

चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि भएको जनाएको थियो। सुरुमा ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने तय भए पनि लगानीको ढाँचा टुंगो लागेको छैन।

आइरन/स्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युतसमेत उत्पादन हुने अध्ययनले देखाएको छ। धौवादी क्षेत्रमा फलाम उत्पादन भएमा २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार ०३:१०
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना