२०८३ कार्तिक ११ गते मङ्गलबार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
ratnechaur
बेनी नगरपालिका–१ रत्नेचौर गाउँ

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो। बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाए।

‘पहिले खेती हुने जमिन हो। बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो’, रावलले भने, ‘गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो। त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ।’

अहिले १४ रोपनी क्षेत्रफलमा कटेज शैलीमा होटल सञ्चालनमा छ। घरबास शैलीमा सञ्चालित होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ। होटलमा बाहिरबाट सामग्री ल्याउनेभन्दा आफ्नै कृषि फार्ममा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिइएको छ। फार्ममा उत्पादन भएको कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारी होटलमा प्रयोग हुने गरेको छ।

बागलुङ–बेनी सडकमा पर्ने भुवानेमा बालबालिकाका लागि खेल्ने तथा रमाउने, वनभोज र क्याम्प फायरका लागि आवश्यक स्थान छ। रमेशलाई काठमाडौँमा उच्च शिक्षा अध्ययन पूरा गरेका छोरा सुलभले गाउँ फर्किएर साथ दिएका छन्।

रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला गाउँमै व्यवसाय गर्ने निर्णय लिनुभएका सुलभले कृषि र पर्यटनलाई जोडेर व्यवसाय विस्तार गर्ने योजना बनाएका छन्। ‘कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ’, उनले भने, ‘आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ।’

कृषि उत्पादन, ग्रामीण वातावरण र आतिथ्य सेवालाई एकैठाउँमा जोडेर भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रावल परिवारको लक्ष्य छ। होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन्। भुवानेको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य देखिन्छ। नजिकै कालीगण्डकी नदी बगिरहेको छ। हिउँदयाममा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरी हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि यहाँका थप आकर्षण हुन्।

भुवानेमा रावल होटलसँगै चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ। भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गरेको चिता हाउसले पनि यस क्षेत्रमा होटल तथा पर्यटन गतिविधि बढाउन योगदान पुर्‍याएको छ।

दशकअघिसम्म झाडीले ढाकिएको भुवानेमा अहिले दुई होटल सञ्चालनमा आएपछि मानिसको आवागमन बढेको छ। होटल व्यवसायले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नुका साथै आसपासका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारसमेत विस्तार गरेको स्थानीय अगुवा ओम रोकाले बताए।

‘बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुर्ख्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ’, उनले भने, ‘यसले गाउँमा बाझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सृजना गर्न सकिने सम्भावना पनि देखाएको छ।’

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार ११:१७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना