काठमाडौँ: सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन्।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाए। गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए।
बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छोडेर लाइनमा बस्न थालेका छन्। कतिको डेरामा खाना पाक्न छोडेको छ। कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन्।















