काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद दीपककुमार साहलाई उद्योगमन्त्रीमा सिफारिस गरेका छन्।
बिहीबार गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएकी हुन्। बुधबार देशमा भएको एलपी ग्यास अभावका विषयमा विवदास्पद अभिव्यक्ति दिएपछि उनी विवादित भएकी थिइन्। उनले उद्योगीलाई पाता नकसेसम्म ग्यास आपूर्ति सहज नहुने अभिव्यक्ति दिएकी थिइन्।
उक्त अभिव्यक्तिप्रति उद्योगी व्यवसायीले आपत्ति जनाएका थिए।
आलोचित भएपछि बिहीबार यादवले पदबाट राजीनामा दिएकी हुन्।
उक्त मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री शाहले साहलाई सिफारिस गरेका हुन्। साहको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशित भएका साह चुनावअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए।