२०८३ भदौ ३० गते मङ्गलबार

प्रधानमन्त्री र उद्योगी–व्यापारीबीच छलफल जारी, विनोद चौधरीदेखि चन्द्र ढकालसम्म सहभागी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
balen-new_e585fe85

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहनेछ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार १२:१८
प्रतिक्रिया

थप समाचार

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता...

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...

तटीय क्षेत्रमा अब बस्ती बस्दैन, पुनर्स्थापनाका लागि स्रोतको कुनै कुनै कमी हुन्न: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएको बताएका छन्। उनले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

प्रधानमन्त्री भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। आइतबार बिहान...

चीनसँग नेपालको परराष्ट्र नीतिबारे मन्त्री खनाल भन्छन्: एक चीन नीतिप्रति प्रतिबद्ध छौँ

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्। काठमाडौंमा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना