२०८३ कार्तिक १४ गते शुक्रबार

उद्योगी–व्यवसायीसँग प्रधानमन्त्रीले २ घण्टा के गरे छलफल?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
image

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छलफलमा उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायलगायत विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहले आधा घण्टाको समय दिए पनि करिब २ घण्टा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए।

छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ढकालले  निजी क्षेत्रका मुद्दा, लगानी प्रवर्द्धन, स्वदेशी लगानी एवम् बाह्य लगानीबाट आउने लगानीलाई प्रबर्द्धन  गर्ने विषयमा कुरा भएको बताए।

‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै पूर्वाधार बनाउन सरकारको तर्फबाट के कुरा मिलाइदियो भने सहज हिसाबले लगानी हुन्छ र रोजगारी सिर्जना हुन्छ, पूर्वाधार बन्छ, धेरैभन्दा धेरै कर संकलन हुन्छ, त्यसका लागि तपाईंहरूको सुझाव के छ भन्ने प्रधानमन्त्रीको कुरा थियो,’ उनले भने, ‘त्यसमा  उत्पादन, निर्यात, जलविद्युत, पर्यटनलगायत नेपालमा निजी क्षेत्रको लगानी रहेका व्यवसायिक क्रियाकलापका विषयमा हामीले राख्यौँ। उहाँले एकदमै सकारात्मक हिसाबले समस्याहरू समाधान गर्छु प्रधानमन्त्रीले भन्नुभयो।’

यस्तै व्यवसायी विदुषी राणााले प्रधानमन्त्री शाहले बाहिरबाट विदेशी लगानी ल्याउने भन्दा पनि नेपालीले नै लगानी गर्नुपर्नेमा पक्षमा रहेको बताएको जानकारी दिइन्। व्यापारीहरूलाई पक्राउ गर्ने क्रम बढ्दा मनोबल घटेको विषय आफूहरूले राखेको उनले बताइन्।

नीतिगत त्रुटिका कारण व्यवसायीले त्यस्तो केही समस्या आएको छ भने व्यवसायीलाई थुन्ने नभई जरिवाना तिराएर काम गर्न दिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको उनको भनाइ छ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ०४:१२
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना