२०८३ कार्तिक १४ गते शुक्रबार

सेनाद्वारा ब्लास्टिङ गरी पृथ्वी राजमार्गअन्तर्गत दुई गर्दै सडक खोलिँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
Sital Bazar_Nepal army_Road Construction _-281
फोटो: NPL
धादिङ: रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ।
सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतना अन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ।
भाद्र १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। कटानका कारण सितल बजारसहित धादिङको कृष्णभीर, परेवा भीरलगायतका क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमनमा समेत गम्भीर असर परेको छ।
विशेषगरी सितल बजार क्षेत्रमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन भएको प्राविधिकहरूको भनाइ छ। त्यसैले क्षतिग्रस्त सडकको अवस्था र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै ब्लास्टिङमार्फत सडकको नयाँ संरचना तयार गर्ने काम थालिएको हो।
पृथ्वी राजमार्ग संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडक हो। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने, दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने तथा यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
बाढीले सडक कटान गर्नुका साथै राजमार्गका विभिन्न ठाउँमा पहिरो र सडक भासिने समस्या निम्त्याएको छ। सडक खुलाउन डोजर तथा अन्य निर्माण उपकरण परिचालन भइरहेका छन् भने जोखिमयुक्त स्थानमा प्राविधिक अध्ययनसहित वैकल्पिक सडक तथा अस्थायी मार्ग निर्माणको काम पनि अघि बढाइएको छ।
आयोजनाका अनुसार क्षतिग्रस्त सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय गरेर काम भइरहेको छ। ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण तथा यातायात सञ्चालनका लागि थप काम गरिने जनाइएको छ।
रसुवा बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले नुवाकोट र धादिङ हुँदै काठमाडौं जोड्ने सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। राजमार्गको पूर्ण सञ्चालनका लागि क्षतिग्रस्त स्थानमा तत्कालीन र दीर्घकालीन दुवै प्रकृतिका पुनर्निर्माणका काम आवश्यक देखिएका छन्।
प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ११:३३
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना