२०८३ भदौ ३० गते मङ्गलबार

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
FRANCE-US-POLITICS-DIPLOMACY

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्।

आयरल्यान्डको श्याननमा एयर फोर्स वनमा चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पलाई भान्सलाई सन् २०२८ को राष्ट्रपतीय दौडका लागि समर्थन गर्न तयार हुनुहुन्छ कि भनेर प्रश्न गरिएको थियो। जवाफमा ट्रम्पले भने, ‘अहिलेनै यसबारे निर्णय गर्नु चाँडो हुनेछ।’

उनले भान्सको प्रशंसा गर्दै आफूहरूसँग धेरै सक्षम नेताहरू रहेको बताए। ‘मलाई लाग्छ, उनी उत्कृष्ट छन्। हामीसँग धेरै उत्कृष्ट मानिसहरू छन्। जसलाई उनीहरू “डीप बेन्च” भन्छन्, हामीसँग त्यो छ,’ ट्रम्पले भने।

भान्ससँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावित उम्मेदवारबारे थप प्रश्न गरिँदा पनि ट्रम्पले सबै सम्भावित उम्मेदवार राम्रो रहेको बताए। ‘मलाई लाग्छ, उनीहरू सबै निकै राम्रा छन्। जेडी उत्कृष्ट छन् र उनले निकै राम्रो काम गरेका छन्,’ उनले भने।

यसअघि अगस्टमा द वासिङ्टन पोस्ट ले ट्रम्पले ओभल अफिसमा दाताहरूसँगको निजी बैठकमा भान्सको सम्भावित उम्मेदवारीबारे तुलनात्मक रूपमा स्पष्ट धारणा राखेको समाचार प्रकाशित गरेको थियो। उक्त बैठकमा ट्रम्पले ‘अन्ततः हामीले जेडीलाई निर्वाचित गर्नुपर्छ’ भनेको स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको थियो।

यद्यपि, ट्रम्पका सल्लाहकारहरूले त्यतिबेला राष्ट्रपतिको उत्तराधिकारीका रूपमा भान्सलाई अन्तिम रूपमा रोजिनसकेको बताएका थिए। ट्रम्पले भान्ससँगै विदेशमन्त्री मार्को रुबियोलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा मूल्यांकन गरिरहेको बताइएको थियो।

आन्तरिक छलफलका क्रममा ट्रम्पले भान्स र रुबियोबीच तुलना गर्दै आफ्ना सहयोगीहरूसँग पटक–पटक प्रश्न गर्ने गरेको र मरीन वनमा यात्रा गर्दासमेत कर्मचारीबीच अनौपचारिक रूपमा उनीहरूको समर्थनबारे बुझ्ने गरेको विवरण सार्वजनिक भएको थियो।

अगस्टमै ट्रम्पका एक प्रमुख सल्लाहकारले राष्ट्रपतिले भान्सले ‘मागा’ आन्दोलनको नेतृत्व सम्हाल्ने निष्कर्षमा निजी रूपमा पुगेको बताएका थिए। तर, रिपब्लिकन पार्टीका केही नेताहरूले भने उत्तराधिकारीबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुने बताएका छन्।

विशेषगरी आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनको परिणामले रिपब्लिकन पार्टीभित्रको शक्ति सन्तुलन र सन् २०२८ को राष्ट्रपतीय दौडलाई प्रभावित गर्न सक्ने आकलन गरिएको छ।

यसैबीच, रिपब्लिकन पार्टीका दाता र कार्यकर्ताहरू सम्भावित उम्मेदवारका पक्षमा विभाजित हुन थालेका छन्। भान्सले भने सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने वा नदिने विषयमा मध्यावधि निर्वाचनपछि निर्णय गर्ने संकेत दिएका छन्। उता रुबियोले भने सन् २०२८ को राष्ट्रपतीय आकांक्षाबारे प्रत्यक्ष रूपमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन्। ट्रम्पले भान्स र रुबियो दुवैलाई उच्च मूल्यांकन गर्ने गरेको उनका निकटवर्तीहरूको भनाइ छ। यसले भविष्यमा रिपब्लिकन पार्टीभित्र दुवैबीच सहकार्य वा एउटै चुनावी टिकटमा रहने सम्भावनासमेत खुला राखेको छ।

यसरी ट्रम्पले सार्वजनिक रूपमा भान्सलाई तत्काल समर्थन नगरे पनि रिपब्लिकन पार्टीभित्र सन् २०२८ को नेतृत्वका लागि भान्स र रुबियोबीचको प्रतिस्पर्धा क्रमशः सतहमा आउन थालेको छ। एएनआई

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार १०:३७
प्रतिक्रिया

थप समाचार

ब्रिक्स शिखर सम्मेलनः ‘नयाँ दिल्ली घोषणा २०२६’ पारित

एजेन्सी। ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन...

विश्वको ३९ प्रतिशत अर्थतन्त्र बोकेको ब्रिक्सले अमेरिकाको अर्थ व्यवस्थालाई हल्लाउन सक्ला?

ब्रिक्समा विश्वको जनसंख्याको लगभग ४९ प्रतिशत विश्वव्यापी कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३९ प्रतिशत र अन्तर्राष्ट्रिय व्यापारको २३ प्रतिशत हिस्सा रहेको छ। यसको सदस्यता अब प्रमुख एसियाली...

ब्रिक्स शिखर सम्मेलनमा २०३० रणनीतिः व्यापार र लगानीको लागि दीर्घकालीन ‘रोडम्याप’

ब्रिक्सले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृङखला, वित्त र दिगो विकासमा सहयोगको लागि दीर्घकालीन रोडम्याप दिने अपेक्षा गरिएको छ।अमेरिकी भन्सार शुल्क कार्य र भूराजनीतिक तनावले विश्वव्यापी...

कच्चा तेलको भाउ बढेर ब्यारेलको १०७ डलर माथि, थप मूल्य वृद्धिको सम्भावना

ब्रेन्ट क्रूडमा कच्चा प्रति ब्यारेल १०७.५ डलर पुगेको छ।वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्युटी) मा ब्यारेलको १०२.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। मुर्बान क्रुडमा ब्यारेलको १२२.५ डलर पुगेको...

खाडी अशान्त बन्दा कच्चा तेलको भाउ १०२ डलरमाथि, विश्व बजारमा थप मूल्यवृद्धिको सम्भावना

महिनौंदेखि विश्लेषकहरूले चेतावनी दिइरहेका छन कि ब्रेन्ट क्रूडमा कच्चा तेल ब्यारेलको १०० डलर भन्दा बढी हुन सक्छ। जुलाईपछि पहिलो पटक ब्रेन्टले अन्ततः त्यो सीमा पार गरेको छ।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना