२०८३ कार्तिक १४ गते शुक्रबार

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
Hydro

काठमाडौं। निजी क्षेत्रबाट निर्माण हुन लागेको कालिका कालिगण्डकी अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनाको जडित क्षमता बढेको छ।

विकासकर्ता मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो। आयोजनाको डिजाइन परिवर्तन भएको छ।

जडित क्षमता बढेपछि विकासकर्ता मौलाकालिका हाइड्रोपावरले आयोजनाको पुरक वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ। पिकका लागि आयोजनको ग्रस हेड बढेर १९.७४ मिटर पुगेको छ। यसअघि १९.२ मिटर थियो। यस्तै वन क्षेत्र बढेर ३४.२२ हेक्टर पुगेको छ। यसअघि ३२.९ हेक्टर मात्र थियो।

यसअघि आयोजनाबाट २२ करोड ३६ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएकोमा बढेको छ। यस्तै आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। लागत पनि बढ्ने भएको छ। कम्पनीले लागत खुलाएको छैन्।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ। अब थप नौ मेगावाटको पीपीए हुन बाँकी छ।विद्युत विकास विभागले मौलाकालिकालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ।

आयोजना तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गौंडाकोट नगरपालिकामा रहेको कालिगण्डकीको पानीलाई उपयोग गरी आंशिक जलासयमा आधारित आयोजना हो।

आयोजनाको संरचना देवघाट गाउँपालिकाको १, ४ र ५ नम्बर र नवलपुरको ३ मा र विद्युतगृह कालिगण्डकी नदीको बाँया किनारमा रहनेछ।

नदीको पानी फर्काउन नदीमा १०६ मिटर लम्बाइ भएको र १७ मिटर उचाइ भएको व्यारेज निर्माणको प्रस्ताव गरिएको छ।

आयोजनाले दैनिक २ करोड ४१ लाख ६३ हजार ७ सय ८६ घनमिटर पानी भण्डारण गरी ४ घण्टा अधिकतम पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजनाबाट सुक्खायाममा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादन हुने बिजुली १० कलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको न्यू भरतपुर सबस्टेशनमा जोडिने भएको छ।

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार ११:३२
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना