२०८३ कार्तिक १३ गते बिहिबार

प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १२
RS-Ktm-IMG-20230627-WA0005(1)
प्रतिनिधिसभाकाे मङ्गलबार बसेकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू बैठक अबरूद्ध गर्दै । तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद् सन्तोष परियारलाई बोल्न समय दिएका थिए। परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव लोकतन्त्रविरोधी भएकाले तत्काल सच्याउन माग गरेका हुन।

‘जिल्ला स्तरीय निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने विषयमा हामीले मत जाहेर गर्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर गल्तीस्वीकार गरोस् अन्यथा यो सदनको कारबाही अगाडि बढ्न नदिन हामी बाध्य हुनेछौँ।’

उनले लोकतान्त्रिक मूल्य, मान्यताविपरीत जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव ल्याइएकाले त्यसलाई फिर्ता लिनेबारे अर्थमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदनको कारवाही चल्न नदिने अडान राखेका छन्।

सभामुख घिमिरेले उठाइएको विषयमा सरकारको ध्यानाकर्षण हुने र जिल्ला निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेकाले कार्यसूचीमा जानका लागि आग्रह गरेका थिए।

त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद्हरु पनि उक्त विरोधमा समर्थन जनाएका थिए। एमाले सांसद् सूर्यबहादुर थापाले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालयको खारेजीको प्रस्ताव निष्पक्ष निर्वाचन र लोकतन्त्रको मूल मर्म विपरीत भएको बताए। उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको छायाँ नपार्न आग्रह गर्दै उक्त निर्णय नसच्याएसम्म अन्य कारवाही अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्।

रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोगको क्षेत्राधिकारलाई सिडिओ कार्यालयमातहत ल्याउँदा निर्वाचनको निष्पक्षतामा आशङ्का उत्पन्न भन्दै यो संवेदनशिल विषय भएको बताए। उनले यस्तो संवेदनशिल विषयबारे अर्थमन्त्रीले दिने गोलमटोल जवाफ आफूलाई स्वीकार्य नहुने समेत स्पष्ट पारेका छन्।

सांसद्हरुले आफ्ना कुरा राखिसकेपछि सभामुख घिमिरेले कार्यसूचीमा अर्थमन्त्रीले जवाफ दिनुहुने नै भएकाले बैठक सञ्चालन गराउन आग्रह गरेका थिए । तर विपक्षी सांसदहरुले विरोध जारी नै राखेका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावका विषयमा निर्वाचन आयोगमा सर्वदलीय बैठक बसी पूर्ववत् अवस्थामै सञ्चालन गर्ने विषयमा सहमति भएको र सरकारले त्यसको कार्यान्वयन गर्ने भएकाले सदनको कारबाही नरोक्न आग्रह गरेका थिए।

एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले आर्थिक मितव्ययीता कायम गर्ने नाममा संवैधानिक आयोगका जिल्ला कार्यालय खारेज गर्ने प्रस्ताव ल्याउनु गलत भएको दाबी गर्दै सरकारले निष्पक्ष निर्वाचन हुन नदिने योजनाका साथ उक्त प्रस्ताव बजेटमा समावेश गरेको आरोप लगाए।

त्यसपछि पनि प्रतिपक्षी दलले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रकाशित: २०८० असार १२ गते मङ्गलबार १२:२३
प्रतिक्रिया

थप समाचार

संघीय संसदका ८ समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौँ- मंगलबार संघीय संसद अन्तर्गतका ८ वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो। बिहान ११ बजे बस्ने महिला...

संघीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताए। उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा...

माघ २२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले संसद् अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको बैठक माघ २२ आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

विपद्पीडितलाई तत्काल राहतदेखि संसदको विकृति नियन्त्रणसम्म बहस

काठमाडौँ – सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको...

‘प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ’

काठमाडौं- सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना