२०८३ कार्तिक ११ गते मङ्गलबार

नलगाड जलाशयको डीपीआर दराजमै, १ खर्ब २२ अर्ब लगानी अभावमा आयोजना अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
nalgad_tunnel

सुर्खेत: जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलाशय जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्यो।

तर, आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत सुनिश्चित हुन नसक्दा डीपीआर प्रतिवेदन नै दराजमा थन्किएको छ।

आयोजना निर्माण सम्पन्न गर्न एक खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निर्माण सुरु भएपछि छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनामा चार वटा टर्बाइन जडान गरिनेछन्। प्रत्येक टर्बाइनबाट १०४.२५ मेगावाटका दरले कुल ४१७ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनाबाट वार्षिक १ अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ। सुक्खायाममा ६० करोड ४९ लाख र वर्षायाममा ६७ करोड ५५ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। आयोजना बनाउन कम्पनी पनि स्थापना भइसकेको छ।

नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरी खोलामा बाँध निर्माण गर्ने गरी आयोजनाको डीपीआर तयार गरिएको हो। डीपीआर स्वीकृत भएको लामो समय बितिसक्दा पनि निर्माणका लागि आवश्यक लगानी जुट्न नसकेको हो।

आयोजना निर्माणका लागि बजेटको व्यवस्था नहुँदा दुई वर्षदेखि काम ठप्पजस्तै रहेको स्थानीयवासीको गुनासो छ। सरकारको प्राथमिकतामा आयोजना नपर्दा पूर्वाधार निर्माणको महत्त्वपूर्ण परियोजना ओझेलमा परेको उनीहरूको भनाइ छ।

आठ वर्ष लगाएर बनेको डीपीआर पनि प्रयोगविहीन

आयोजनाको डीपीआर तयार गर्न करिब आठ वर्ष लागेको थियो। तत्कालीन ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा डीपीआर स्वीकृत भएको थियो। तर, डीपीआर स्वीकृत भए पनि आयोजनाको निर्माणतर्फ उल्लेख्य प्रगति हुन सकेको छैन।

स्थानीयवासीले भने आयोजना निर्माणमा जानुको सट्टा सरकारले पुनः अध्ययन तथा अनुसन्धानको विषय उठाएर कामलाई पुरानै प्रक्रियामा फर्काउन खोजेको आरोप लगाएका छन्।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत हुन सकेको छैन। लगानीको स्रोत सुनिश्चित नहुनु, मुआब्जा विवाद र पीपीए प्रक्रिया अघि नबढ्नुले आयोजनाको निर्माण प्रक्रिया थप अन्योलमा परेको छ।

आयोजना निर्माणका लागि आवश्यक लगानीको टुङ्गो नलागेसम्म निर्माण प्रक्रिया अघि बढाउन कठिन हुने देखिएको छ।

बाँध स्थलसम्म सडक पुग्यो, पुल निर्माण अन्तिम चरणमा

आयोजनाको बाँध स्थलसम्म पुग्न कच्ची सडक निर्माणको काम पूरा भएको छ। त्यस्तै पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

आयोजना नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडामा फैलिएको छ। प्रस्तावित आयोजनाबाट नलगाड नगरपालिकाका वडा नम्बर २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिकाका वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ प्रभावित हुनेछन्।

नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरी खोलामा आयोजनाको बाँधस्थल प्रस्ताव गरिएको छ। नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत विद्युतगृह निर्माण गर्ने योजना छ।

अँधेरीखोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ। त्यसबाहेक दुईदेखि तीन किलोमिटरसम्मका तीन वटा सहायक सुरुङ निर्माण गर्ने डीपीआरमा उल्लेख छ।

आयोजनामा ५०० मिटर लामो र २४८ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव डीपीआरमा गरिएको छ। जलाशयमा ४७ करोड ४० लाख घन मिटर पानी जम्मा हुने अनुमान गरिएको छ।

उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेसनमा जोडिनेछ। आयोजनास्थलदेखि कोहलपुरसम्म ११२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने योजना छ।

कम्पनीले २०७४ मङ्सिर १६ गते विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति पाएको थियो। तर सर्वेक्षण अनुमति पाएको झन्डै नौ वर्ष पुग्न लाग्दा पनि आयोजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन।

आयोजना निर्माणपछि हरितगृह ग्यास उत्सर्जन घट्नुका साथै वार्षिक करिब सात लाख १७ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट जोगिने अनुमान गरिएको छ।

आयोजनाले क्षेत्रीय पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, ग्रामीण अर्थतन्त्रको विकास तथा व्यापार व्यवसायका अवसर विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तर लगानीको स्रोत सुनिश्चित नहुनु, मुआब्जा विवाद समाधान नहुनु र विद्युत् खरिद–बिक्री सम्झौता हुन नसक्दा जाजरकोटको ठुलो जलविद्युत् आयोजना अहिले निर्माणभन्दा बढी डीपीआरमै सीमित हुने जोखिममा परेको छ।

प्रकाशित: २०८३ भदौ ३१ गते बुधबार ०८:५०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

८ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौँः सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण...

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना