२०८३ कार्तिक १० गते सोमबार

८ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
sunil lamsal

काठमाडौँः सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

मन्त्री लाम्सालका अनुसार ‘होम एन्ड अवे’ अवधारणामा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी आठ सहरमा रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको हो।

प्रस्तावित रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने उनले बताएका छन्। सरकारले तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको पनि मन्त्री लाम्सालले उल्लेख गरेका छन्।

आठ सहरमा क्रिकेट रंगशाला निर्माण भएपछि एनपीएललाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्न तथा नेपाली क्रिकेटको पूर्वाधार विकासमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। मन्त्री लाम्सालले नेपाल क्रिकेट संघ ९क्यान० लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

यसैबीच, नेपाली क्रिकेटको घरेलु प्रतियोगिताका रूपमा हेरिएको एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनुअघि मन्त्री लाम्सालले एनपीएलको सफल आयोजनाका लागि शुभकामना दिँदै क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन्।

प्रकाशित: २०८३ कार्तिक १० गते सोमबार ०२:३१
प्रतिक्रिया

थप समाचार

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी: पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना