२०८३ कार्तिक १२ गते बुधबार

रामेछापको पीडा: घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा  

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
photo_8ae04c23

रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ।

हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ। घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ। रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे।

घ्याप्चेमा गएको पहिरो रणजोर खोलाले बगाएर मन्थली हुँदै तामाकोसी नदीमा पुर्‍याउँछ। घ्याप्चेमा वर्षामा भन्दा हिउँदमा बढी सुक्खा पहिरो जान्छ। हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गामाटो वर्षा याममा खोलाले बगाउने गर्दछ। रणजोर खोलामा वर्षामा पानी होइन लेदो माटो बग्छ।

रामेछापबाट निर्वाचित पूर्वसांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विसं १९७२ सालदेखि जान सुरु भएको थियो। बिचमा पहिरो जाने रोकिने गर्दै आएको घ्याप्चे विसं २०११ सालदेखि भने लगातार पहिरिँदै आएको छ।

२०११ सालदेखि गएको यो भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्थान र मन्थली घाट लगायत क्षेत्रका कयौँ बस्ती उठाइसक्यो। गैराथोकदेखि मन्थलीको तामाकोसी किनारसम्मको तटीय क्षेत्रको सयौँ रोपनी खेत पहिरोले बगाउने र पुर्ने काम गरिसकेको छ। ‘यसले लाखौँ मुरी धान फल्ने खेत बिगारी सकेको छ, धेरै बस्ती नै उठाएको छ’, पौडेलले भने।

पहिराले गैराथोक र सामलिस्थानका बस्तीमा सबैभन्दा बढी क्षति पुर्याएको छ। ती बस्तीहरू बस्नै नमिल्ने जोखिमपूर्ण अवस्थामा पुगेका छन्। हरेक पटक पहिरो जाँदा ती बस्ती थर्कने र घरहरू चर्कने क्रम जारी छ। गैराथोक र सामलिस्थानका बस्तीका घरहरू बर्सेनि खोलातिर ढल्कँदै गएका छन्। खोलातिर जमिन धसिँदै गएको छ।

केही वर्ष यता सदरमुकाम मन्थलीमा रणजोर खोला किनारमा अस्वाभाविक रूपमा बस्ती विस्तार हुँदै गएको छ। विगतमा खोला हिँडेको ठाउँमा अहिले बजार बनेको छ। खोलाको पहिरो र बाढी उर्लिएर आउँदा कुनै पनि बेला बाढी पस्ने र ठुलो क्षति पुर्‍याउने जोखिम छ।

त्यति मात्र होइन रणजोर खोलाको लेदोले तामाकोशी नदी थुन्यो भने नदीमा ठुलो ड्याम बनेर मन्थलीको आकाशे, हाटेचौर लगायतको क्षेत्रमा समेत क्षति पुर्‍याउने जोखिम छ। पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै पनि निकायको ध्यान पुगेको छैन।

प्रकाशित: २०८३ भदौ ३१ गते बुधबार १०:५७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना