काठमाडौं– भोटेकोशीमा आएको विकराल बाढीको चपेटामा परेको कृषी विकास बैंकको त्रिशूली शाखाले सोमबारदेखि नयाँ भाडाको भवनबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।
शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेको जानकारी दिँदै सहयोग तथा सहजीकरण गर्ने सबैप्रति कृषी विकास बैंकले आभार व्यक्त गरेको छ।
शाखाको पहिलो दिन काउन्टरबाट १५ वटा कारोबार भएका छन्। जसमा ११ वटा भौचर र ४ वटा चेक कारोबार रहेको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप सुवेदीले जानकारी दिए। ‘विपदको घडीमा पनि यथासक्य छिटो सेवा प्रवाहका लागि तत्परता देखाउने सबै सहयोगी सहकर्मीहरुप्रति आभार छ’, कार्यवहाक सिइओ सुवेदीले भने, ‘ नयाँ परिसरबाट सुरु भएको शाखाबाट सेवाग्राहीलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा प्रदान गरिने छ।’



