२०८३ असोज १८ गते आईतबार

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
photo_748670fe

इनरुवा: पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ।

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोका मध्ये २४ वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए।

पानीको बहावबढेसंगै कोसी ब्यारेजमा खतराको सङकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा समेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार १०:१०
प्रतिक्रिया

थप समाचार

जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ। शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु...

चाँडपर्वमा काठमाडौँमा ३,५०६ प्रहरी परिचालन हुने, ड्रोन उडाएर निगरानी राखिने

काठमाडौँ: दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँमा कडा सुरक्षाको तयारी प्रहरीले गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी परिसरले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण,...

बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङको स्याउ बारीमै थन्कियो, किसान–व्यापारी चिन्तित

मुस्ताङ: केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन्। दशैँअघिको सोह्र श्राद्ध चलिरहेको...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ: देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना