२०८३ कार्तिक १४ गते शुक्रबार

विपद्ले बढायो जलविद्युतमा जोखिम, ‘साझा मञ्च’ बनाउन सीईओ कोइरालाको प्रस्ताव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
santosh koirala (1)

काठमाडौँः मुलुकमा बाढी र पहिरोका कारण जलविद्युत आयोजनामा क्षति बढ्दै गएको छ। भोटेकोशी प्रलयपछि जलविद्युत आयोजनामा जोखिमा बढेको भन्दै बैंकरहरुले पनि चिन्ता व्यक्त गर्न थालेका छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले जलविद्युतमा देखिएको समस्यासँग जुध्न क्षेत्रका प्रमुख सरोकारवालाहरू सम्मिलित ‘साझा मञ्च’ गठन गर्न प्रस्ताव गरेका छन्।

६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनाको ऋण लगानी सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ कोइरालाले चरम मौसमी घटनाका कारण जलविद्युत आयोजनाको पूर्वाधार, लगानी र बीमामा परेको जोखिमलाई अब नयाँ ढंगले सम्बोधन गर्नुपर्ने बताएका हुन्।

बैंकर्स संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग, विद्युत नियमन आयोग तथा हाइड्रोलोजी र सिभिल इन्जिनियरिङका विज्ञहरू सम्मिलित साझा मञ्च बनाएर जलविद्युत आयोजनाको सुरक्षा मापदण्ड पुनरावलोकन गर्न आवश्यक भएको बताएका छन्।

उनले भने, ‘हामी बैंकर, प्रवर्द्धक, नीति निर्माता र इन्जिनियरहरू एउटा साझा मञ्चमा बसेर गहन विमर्श गर्नुपर्छ। अब बन्ने नयाँ–नयाँ आयोजनाहरुको टोटल कन्सेप्ट डिजाइन, डिटेल डिजाइन, बाँधको उचाइ र नदीको बाढी थेग्ने क्षमता कसरी तय गर्ने भन्नेबारे स्पष्ट राष्ट्रिय मापदण्ड बनाउनुपर्छ। यसले गर्दा भोलि पुनः यस्तै प्राकृतिक विपत्ति आइपर्दा हाम्रा संरचनाहरू जोगिन सकून् र देशको अर्बौं रुपैयाँ बगेर बालुवामा नमिलोस्।’

उनले पछिल्ला बाढी तथा पहिरोका घटनाले विगतमा गरिएका हाइड्रोलोजिकल अध्ययन र पूर्वाधार डिजाइनमाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताए।

‘पछिल्लो समय आएको बाढीले प्रवर्द्धक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी मात्र होइन, समग्र देशको अर्थतन्त्रलाई नै ठूलो आघात पु¥याएको छ। अप्रत्याशित बाढी आउँदा भएको मानवीय र भौतिक क्षतिले हामी सबैलाई पुनर्विचार गर्न बाध्य बनाएको छ।

उनले प्रस्ताव गरेको साझा मञ्चले निर्माणाधीन तथा नयाँ जलविद्युत आयोजनाको हाइड्रोलोजिकल सुरक्षा, बाँध, इन्टेक, पावरहाउस तथा अन्य संरचनाको डिजाइन र उचाइ लगायतका विषयमा पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

उनका अनुसार जलविद्युत क्षेत्रमा ठूलो परिमाणमा बैंक तथा निजी क्षेत्रको लगानी रहेकाले पूर्वाधार सुरक्षाको विषयलाई प्रवर्द्धक वा प्राविधिक पक्षको मात्रै विषयका रूपमा हेर्न नहुने देखिन्छ।

जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता
माछापुच्छ्रे बैंकले जलविद्युत क्षेत्रमा हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरेको पनि उनले जानकारी दिए।

उनका अनुसार १६ वटा आयोजनामा नेतृत्व (लिड) बैंकका रूपमा सहवित्तीयकरणको नेतृत्व गरेको छ भने ९ वटा आयोजनामा एकल लगानी गरेको छ। त्यस्तै, अन्य बैंकको नेतृत्वमा रहेका १५ वटा आयोजनामा सदस्य बैंकका रूपमा सहभागी भएको छ।

जलविद्युत क्षेत्रमा बैंकको कुल ऋण प्रतिबद्धता करिब २८ अर्ब रुपैयाँ पुगेको र हालसम्म करिब १५ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको उनले बताए। बैंकको कुल कर्जा पोर्टफोलियोमा जलविद्युत क्षेत्रको हिस्सा करिब ९ प्रतिशत रहेको बताइएको छ।

‘माछापुच्छ्रे बैंक जलविद्युत क्षेत्रलाई माया गर्ने बैंकमा पर्छ। हाम्रो बैंकले जलविद्युत क्षेत्रमा झण्डै २८ अर्बको कमिटमेन्ट गरेको छ, १५ अर्ब बक्यौता छ। कुल पोर्टफोलियोको ९ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा हुनुले हामी यस क्षेत्रलाई उच्च प्राथमिकता दिने बैंक हौं भन्ने पुष्टि गर्छौं सीईओ कोइरालाले भने।’

यसैबीच, सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

आयोजना निर्माणका लागि आवश्यक ऋण लगानी जुटाउन माछापुच्छ्रे बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्झौता भएको हो।

सम्झौतापछि बैंकले आयोजनालाई तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आफू र सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको सीईओ कोइरालाले बताए । ‘यो पर्टिकुलर प्रोजेक्ट टाइममै बिना कुनै हर्डल र अवरोध सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन, प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार ०५:२६
प्रतिक्रिया

थप समाचार

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना