२०८३ असोज १८ गते आईतबार

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
openai

काठमाडाैँ: ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

कम्पनीले शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो । गर्मीयाममा भएका ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिइएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपनएआईले जनाएको छ।

ओपनएआईका अनुसार थप सुरक्षा उपायहरू लागू भएकोमा विश्वस्त भएपछि मात्र मोडलको प्रशिक्षण पुनः सुरु गरिनेछ। एआई प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू देखिन सक्ने भएकाले भविष्यमा पनि प्रशिक्षण अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ।

एआईले वेबसाइटसँग अन्तरक्रिया गर्ने, सूचना खोज्ने तथा विभिन्न कार्य आफैं सम्पन्न गर्ने क्षमता बढ्दै गएपछि यसको सुरक्षा र नियन्त्रणबारे अमेरिकी सांसद तथा प्रविधि विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्।

ओपनएआई र प्रतिद्वन्द्वी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखहरूले पनि आवश्यक सुरक्षा मापदण्ड तथा नियन्त्रण प्रणाली निर्माण गर्न एआई विकासको गति केही कम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

पछिल्लो तीन महिनामा ओपनएआईले एआई मोडलको विकास रोकेको यो दोस्रो पटक हो । यसअघि जुलाईमा एआईसम्बन्धी स्टार्टअप हगिङ फेसमाथि भएको साइबर आक्रमण सार्वजनिक भएपछि कम्पनीले आफ्नो मोडल विकास अस्थायी रूपमा रोकेको थियो।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार १२:२८
प्रतिक्रिया

थप समाचार

स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै

एजेन्सी: कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ। यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन्। दक्षिणपश्चिम चीनको सिचुआनमा...

एनटीटीभीमा अब सेट–टप बक्स नचाहिने, स्मार्ट टीभीमै चलाउन सकिने

काठमाडौँ: नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिना पनि प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीले बिहीबारदेखि एन्ड्रोइड टीभीका लागि भर्चुअल...

आइफोन १८ खरिदमा एनसेलका ग्राहकलाई विशेष बन्डल प्याकेज

काठमाडौं। एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल...

एआईले साँच्चै मानवलाई समाप्त पार्न सक्छ? यस्ता छन् शोधकर्ताले विश्लेषण गरेका चार परिस्थिति

हालै गरिएका केही निराशाजनक अनुमानका अनुसार आगामी एक दशकभित्र एआईका कारण सम्पूर्ण मानवजातिको अस्तित्व समाप्त हुने सम्भावना १० प्रतिशतभन्दा बढी छ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

इनरुवा: पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना