चितवन: अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि चितवनमा बाढीमा फसेका १० जनाको उद्धार गरिएको छ।
आइतबार बिहान करिब १०ः३० बजे भरतपुर महानगरपालिका–१६ झनझनेस्थित गुम्बाचोकमा नदीको बहाव बढ्दा तीन वटा घर डुबानमा परेका थिए। घर डुबानमा परेपछि छतमा बसेका १० जनालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट खटिएको सुरक्षाकर्मीको टोलीले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


