नारायणीको बाढिले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोटटर्फको भागमा अड्किएको छ। करोडौँमा बनेको घर जत्रो क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।
बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण रुपमा बन्द गरिएको छ। चितवनको भरतपुर र नबलपुरको गैडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुदा पुर्बपस्चिम राजमार्गको सवरि आवगमन प्रभाबित भएको छ।
पुलभन्दा करिब १०० मिटर माथि बाधेर राखिएको क्रुजसिप आज अपरान्ह ५:३० बजेतिर बगौदा पुलमुनि गएर अड्किएको छ।







