२०८३ कार्तिक ११ गते मङ्गलबार

फूलखेतीबाट आत्मनिर्भर सुशीला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
flowers

धनगढी: धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छिन्। धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले फूलखेती सुरुआत गरेकी हुन्।

न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आउनुभएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छिन्। रु पाँच लाख लगानीबाट सुरु गर्नुभएकी सुशीलाको फूलखेती व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ।

दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आएकी सुशीलाले वार्षिक रुपमा रु ५० लाखको कारोबार गर्दै आएको जानकारी दिइन्। फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयलाई समेत रोजगार दिएकी छिन्। मासिक रुपमा उनीहरुलाई रु एक लाख ८० हजार उनीहरुको तलबमा खर्च हुने गरेको छ। जसबाट सबै खर्च कटाएर वार्षिक रु २० लाख बचत हुने गरेको उनको भनाइ छ।

‘दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु’, उनले भनिन्, ‘फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु।’ प्रतिकिलोग्राम रु चार सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताइन्। उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छिन्। उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छिन्छ।

सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन। उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन्।

पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ। उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको छ।

उनले सुरु गरेको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ।

प्रकाशित: २०८३ असोज १३ गते मङ्गलबार ०९:५४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना