काठमाडौँः साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
मंगलबार ३६३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ९.१८ प्रतिशत बढेको छ।
आज सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरीको भएको छ । हिमालयनको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


