२०८३ असोज १८ गते आईतबार

हेलिकप्टरको खर्च १५ अर्ब होइन १५ करोड मात्र होः गृहमन्त्री गुरुङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १५
sudan

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले मन खोलेर आफ्ना समस्या र कानुनी जटिलता राख्न सकून् भन्ने उद्देश्यले यसपटक लामो समयसम्म खुला छलफल गरिएको स्पष्ट पारे।

हेलिकप्टर उडानको खर्चबारे विभिन्न टीकाटिप्पणी भइरहेको सन्दर्भमा गृहमन्त्री गुरुङले वास्तविक खर्च अनुमान गरिएभन्दा धेरै कम रहेको बताए।

‘हेलिकप्टरको विषयमा १५ अर्बको कुराहरू आइरहेका छन्। तर, वास्तविक रूपमा धेरैमा १४–१५ करोड मात्रै हो,’ उनले भने, ‘नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ, त्यसैले हामीले विस्तृत विवरणसहित यसको यथार्थ बाहिर ल्याएका छौँ।’

सरकारको आगामी योजनाबारे जानकारी दिँदै मन्त्री गुरुङले अस्थायी आवासमा बसिरहेका बाढीपीडितहरूलाई आगामी ६ महिनासम्मका लागि घरभाडाबापत मासिक १५ हजार र परिवारको संख्यालाई ध्यानमा राखी थप २ हजार गरी कुल १७ हजार रुपैयाँ उपलब्ध गराइने बताए।

५० हजार रुपैयाँमा अस्थायी टहरा वा ३ लाखमा जग्गा किन्न सम्भव नभएकाले सरकारले व्यावहारिक रूपमै ६ महिनासम्म भाडा उपलब्ध गराउने र त्यसभित्रै स्थायी वा अर्धस्थायी आवासको प्रबन्ध मिलाउने उनको भनाइ छ।

पुनर्निर्माणका कामहरू केवल ‘भूत बंगला’ जस्तो प्रभावहीन नहुने स्पष्ट पार्दै गृहमन्त्री गुरुङले भने, ‘हामीले बनाउने टाउनसिपमा रोजगारीको सिर्जना, पानी, बत्ती, स्वास्थ्य र स्कुललगायतका सम्पूर्ण सुविधा हुनुपर्छ। बाह्य रूपमा स्थानीय संस्कृति र ट्रेडिसन झल्किने तर भित्री संरचना आधुनिक र सुरक्षित हुनेगरी व्यवस्थित बस्ती तथा टाउनसिप निर्माण गर्छौं।’

सरकार काम गर्दा केही भुलचुक हुन सक्ने स्वीकार गर्दै उनले नागरिकको जीवन रक्षा र राहत वितरणमा कुनै पनि लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २०८३ असोज १५ गते बिहिबार ०७:३३
प्रतिक्रिया

थप समाचार

जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ। शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु...

चाँडपर्वमा काठमाडौँमा ३,५०६ प्रहरी परिचालन हुने, ड्रोन उडाएर निगरानी राखिने

काठमाडौँ: दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँमा कडा सुरक्षाको तयारी प्रहरीले गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी परिसरले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण,...

बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङको स्याउ बारीमै थन्कियो, किसान–व्यापारी चिन्तित

मुस्ताङ: केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन्। दशैँअघिको सोह्र श्राद्ध चलिरहेको...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ: देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना