२०८३ असोज १८ गते आईतबार

बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङको स्याउ बारीमै थन्कियो, किसान–व्यापारी चिन्तित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
apple

मुस्ताङ: केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन्। दशैँअघिको सोह्र श्राद्ध चलिरहेको र स्याउको खपत बढ्ने समयमा सडक अवरुद्ध भएपछि उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको हो।

दशैँ–तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा म्याग्दी क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर मुस्ताङको स्याउ ढुवानीमा परेको छ। अहिले मुस्ताङका बारी तथा बगैँचामा पाकेर लटरम्म भएका स्याउ देखिन्छन्। तर, सडक अवरुद्ध हुँदा स्याउको बजारीकरण प्रभावित भएको किसानले बताएका छन्।

म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्तालगायत दर्जनौँ स्थानमा बाढी र पहिरोले सडक संरचनामा क्षति पुर्‍याएपछि एक सातादेखि बेनी–जोमसोम सडक अवरुद्ध छ।

छिटो पाक्ने अर्ली जातका स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने जातका स्याउ भदौ २२ गतेदेखि टिप्ने जिल्लास्तरीय निर्णय भएको थियो। हरितालिका तीजअघि मुस्ताङबाट केही स्याउ बजार पठाइए पनि ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण हुन बाँकी रहेको किसान तथा व्यापारीले बताएका छन्।

स्याउ टिपेर बजार पठाउने तयारी भइरहेका बेला सडक अवरुद्ध भएपछि उत्पादित स्याउ व्यवस्थापन गर्न समस्या भएको हो। मुस्ताङमा औसतमा वार्षिक सात हजार मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ। यहाँ परम्परागत लोकल स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीसमेत हुँदै आएको छ।

घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरुङले सडक अवरुद्ध भएकाले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको बताइन्। सडक अवरुद्ध हुँदा इन्धन र विद्युत् आपूर्तिसमेत प्रभावित भएकाले टिपिएको स्याउ चिस्यान गृहमा राख्नसमेत समस्या भएको उनको भनाइ छ।

झन्डै सात सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएको चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले टिपिएको स्याउ कुहिने जोखिम बढेको बताइन्। “अवरुद्ध सडकले किसानको मेहनत त्यसै खेर जाने जस्तो देखिएको छ। बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो,” उनले भनिन्, “जतिसक्दो छिटो बाटो खुलाउन सके किसानलाई सबैभन्दा बढी राहत हुने थियो।”

थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत ठप्प भएको बताए। उनका अनुसार तीजको समयमा करिब ५० प्रतिशत स्याउ बिक्री भइसकेको थियो। दशैँअघि बाँकी स्याउ बजार पठाउने तयारी भइरहेका बेला सडक बन्द भएको हो।

यसपटक उत्पादन राम्रो भएकाले किसान र व्यापारी दुवै लाभान्वित हुने अवस्था रहे पनि ढुवानी रोकिएपछि दुवै पक्षलाई असर पर्ने तुलाचनले बताए।

धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि तीन सातादेखि स्याउ व्यापारका लागि मुस्ताङमा छन्। तीन दशकदेखि मुस्ताङको स्याउ व्यापार गर्दै आएकी तामाङले यसपटक सडक अवरुद्ध हुँदा व्यापार नै प्रभावित हुने चिन्ता व्यक्त गरिन्।

घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका आधा दर्जनभन्दा बढी बगैँचामा एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएकी तामाङले मुस्ताङमा सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको बताइन्। “स्याउ कहिले बजार पठाउन पाइन्छ भन्ने पर्खाइमा छौँ,” उनले भनिन्।

मुस्ताङको स्याउ व्यापारमा जिल्ला बाहिरका ५० भन्दा बढी तथा स्थानीय २० भन्दा बढी व्यापारी संलग्न रहेको बताइएको छ। व्यापारीले भदौअघि नै बगैँचामा स्याउको मूल्याङ्कन गरी किसानलाई आंशिक पेश्की दिने र त्यसपछि स्याउ सङ्कलन, ग्रेडिङ तथा प्याकेजिङ गरी बजार पठाउने अभ्यास छ।

सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित भएको छ। दशैँअघि हजारौँ पर्यटक मुस्ताङ आउने भएकाले स्थानीय किसानले स्याउ खरिद गरी पर्यटकलाई बिक्री गर्दै आएका थिए। तर, सडक अवरुद्धका कारण पर्यटकको आवागमन घट्दा स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय साना व्यापारीले बताएका छन्।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध भएकाले तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताए। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको उनले बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा सडकमा क्षति पुगेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्न सक्ने बताए। सडक विभाग तथा निर्देशनालय पोखराले सडक खुलाउन आवश्यक सबै संयन्त्र परिचालन गरेको उनले जानकारी दिए।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनसँग सडक सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ। सडक अवरुद्धका कारण व्यापारिक गतिविधिसँगै राज्यको राजस्व सङ्कलनमा समेत असर परेको छ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०४:१४
प्रतिक्रिया

थप समाचार

जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ। शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु...

चाँडपर्वमा काठमाडौँमा ३,५०६ प्रहरी परिचालन हुने, ड्रोन उडाएर निगरानी राखिने

काठमाडौँ: दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँमा कडा सुरक्षाको तयारी प्रहरीले गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी परिसरले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण,...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ: देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा...

हेलिकप्टरको खर्च १५ अर्ब होइन १५ करोड मात्र होः गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना